+
+
Shares

ग्लोबल आइएमई बैंक  र मल्टीस्पेशियालिटी हस्पिटलबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते २१:०४

१ असोज, काठमाडौं । ग्लोबल आइएमई बैंक  र न्यूरो कार्डियो एण्ड मल्टीस्पेशियालिटी हस्पिटल विराटनगरबीच सम्झौता भएको छ । अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा दुबै संस्थाका प्रमुखहरुले हस्ताक्षर गरेका हुन ।

सम्भौतापत्रमा हष्पिटलका तर्फबाट सञ्चालन निर्देशक राजेश भट्टराई र बैंकका तर्फबाट बैंकको बिराटनगर शाखा प्रमुख शसी शेखर शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात हष्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?