Comments Add Comment

चिनियाँ उत्पादनमा अमेरिकाले फेरि लगायो हालसम्मकै बढी शुल्क

२ असोज, काठमाडौं । चीनसँग व्यापार युद्धलाई एक कदम अगाडि बढाउँदै अमेरिकाले फेरि २०० अर्ब डलर बराबरको चिनियाँ उत्पादनमा थप आयात शुल्क लगाएको छ । यो आयात शुल्क ५ हजार भन्दा बढी बस्तुहरुमा लगाइएको हो । यो शुल्क हालसम्म लगाइएको मध्ये सबैभन्दा धेरै पनि हो ।

यसमा ह्याण्ड ब्याग, कपडा, चामल लगायतका बस्तु सामेल छन् । तर स्मार्ट घडी र प्ले पेनमा भने अतिरिक्त शुल्क लगाइएको छैन जबकी यी बस्तुमा पनि अतिरिक्त शुल्क लाग्ने सम्भावना रहेको बताइन्थ्यो ।

यसअघि अमेरिकाले काठ, फर्निचर लगायतका बस्तुमा शुल्क लगाएको थिएन तर यसपटक लगाएको छ । यसको असर चीनका साथै अमेरिकाको फर्निचर बजारमा पनि पर्ने बीबीसीले जनाएको छ ।

यसैबीच चीनले यदि अमेरिकाले आयात शुल्क बढाएमा आफूले पनि त्यस्तै कदम चाल्ने चेतावनी दिँदै आएको छ । चिनियाँ विदेशमन्त्रालयका प्रवक्ता गेंग शुआङ्गले भनेका छन्- यदि अमेरिकाले नयाँ आयात शुल्क लगाउँछ भने चीनले पनि आफ्नो हितको रक्षा गर्नुपर्ने हुन्छ ।

उनले अघि भने, दोस्रो कुरा यस व्यापार युद्धले कसैलाई पनि फाइदा हुँदैन । हामीले सधैं भन्दै आएका छौं कि एकअर्कालाई भरोसा तथा मानसम्मान गर्दै व्यापारिक मुद्दा आपसी छलफलबाट नै सुल्झाउनु ठीक हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment