Comments Add Comment

ड्राइभरले गाडी चलाउने छाडे, ऐन संशोधन गर्न माग

२ असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ ।

सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् ।

ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको समितिले सवारी चालकको माग पूरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरुसंग आग्रह समेत गरेको छ ।

समितिका केन्द्रीय संयोजक बसन्त शर्माले मंगलबार विहान बाराको सिमरामा सवारी चालकलाई अपराधी सरह ब्यवहार गरिएको वर्तमान कानुन सरकारले संशोधन नगरेसम्म गाडी नचलाउने घोषणा गरे । वर्तमान ऐन संशोधन नभएसम्म संघर्ष जारी रहने समितिका सहसंयोजक अर्जुन अधिकारीले बताए । आन्दोलनका क्रममा गाडी चलाउनेहरुलाई कुनै अवरोध नगरिने पनि उनले बताए ।

मंगलबार विहान बाराको सिमरामा भेला भएका सवारी चालकहरुले सरकारले कानुन संशोधनको माग पूरा नगरेसम्म आफूहरु गाडी नचलाउने घोषणा गरे ।

यस्तो छ संघर्ष समितिको माग

सवारी तथा यातायात ब्यवस्था सम्बन्धी ऐन २०४९ को संशोधित ऐन २०७४ को दफा ६३ देखि १६३ सम्मका विभिन्न बुँदाहरु सवारी चालकहरुको हित विपरीत भएको भन्दै चालकहरुले सच्याउन माग गरेका ५न् । चालकहरु बिना कसूर पनि अपराधी बन्नुपर्ने बाध्यता सिर्जना भएको उनीहरुको भनाइ छ ।

बर्तमान ऐनको दफा १६१ को १ मा  ज्यान मार्ने मनसाय लिई दुर्घटना गरेको भए चालकलाई जन्म कैद हुने ब्यवस्था छ । यस ब्यवस्थालाई चालक संघर्ष समितिले चालकले ज्यान मार्ने मनसाय नराख्ने भन्दै बर्तमान ऐन चालक बिरोधी भएको ठहर गरेको छ ।

‘कुनै पनि चालकले ज्यान मार्ने मनसाय राखेर दुर्घटना नगराउने तर प्रशासनले शक्तिका आडमा जबर्जस्ती चालकलाई फसाउन सक्ने सम्भावना प्रवल छ, जुन बुँदा हामीलाई स्वीकार्य छैन’ संघर्ष समितिका संयोजक शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment