Comments Add Comment

महोत्तरीमा हतियार देखाएर दिउँसै पाँच लाख लुटियो

२ असोज, महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकाबाट हतियारधारी समूहले एकजना व्यक्तिको साथबाट पाँच लाख रुपैयाँ लुटेको छ ।

मंगलवार दिउँसो गौशालातर्फ आइरहेकाबेला गौशाला-५ स्थित मरहा नदीमा मोटरसाइकलमा आएको समूहले हतियार देखाएर मनरासिस्वा नगरपालिकाका विनोद चौधरीको साथबाट पाँच लाख रुपैयाँ लुटेको हो ।

मोटरसाइकलमा आएका दुईजना ब्यक्तिले हतियार देखाएर रकम लुटेको चौधरीले बताएका छन् ।

इलाका प्रहरी कार्यालय गौशालाका अनुसार गौशाला नगरपालिकास्थित एक राइस मिलबाट रकम लिएर आइरहेका विनोद चौधरीको साथाबाट उक्त रकम लुटिएको हो ।

चौधरी धान ब्यापारी हुन् । उनी सर्लाही हुँदै महोत्तरी गौशाला आउँदै गर्दा लुटिएको प्रहरी निरीक्षक भोला भट्टले बताए ।

लुटेराहरु सर्लाहीबाटै ब्यापारी चौधरीलाई मोटरसाइकलमा पछ्याउँदै आएको प्रहरी निरीक्षक भोला भट्टले बताए । घटना पश्चात प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

केही महिनाअघि माइस्थान गौशाला सडकखण्डमा दिलसा टेडर्सको रकम लिएर बर्दिवासतर्फ आउँदै गर्दा १२ लाख रुपैयाँ लुटपाट भएको थियो ।

लुटपाटमा संलग्न अहिलेसम्म पत्ता लागेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment