Comments Add Comment

आलिया भट्टका बुवाको जन्मदिनमा रणवीरलाई निम्तो

बलिउड जोडी आलिया भट्ट र रणवीर कपुरको अफेयर नयाँ विषय रहेन । अब त दुवैको परिवारले समेत उनीहरुलाई भावि पति-पत्नीको रुपमा स्वीकारेको देखिन्छ ।

आलियाका बाबु महेश भट्ट आगामी २० सेप्टेम्बरमा आफ्नो ७० औं जन्मदिन मनाउँदैछौं । आफ्नो परिवारभित्र उनले जन्मदिन मनाउने योजना बनाएका छन् । तर, रोचक यो छ कि यो नितान्त पारिवारिक कार्यक्रममा रणवीरलाई पनि बोलाइएको छ ।

महेश भट्ट आफंैले रणवीरलाई फोन गरेर निम्तो गरेको बताइन्छ । हुनेवाला ससुराले बोलाइसकेपछि रणवीर पनि जाने मुडमा छन् । यद्यपि, कन्र्फम भने गरेका छैनन् ।

आलियाकी आमा सोनी राजदानले हालै एक अन्तरवार्तामा रणवीरको प्रशंसा गरेकी थिइन् । ‘रणबीर बहुत प्यारा प्यारा बच्चा है,’ उनले भनेकी थिइन् ।

केही समयअघि रणवीरका बुवा ऋषि कपुरले रणवीर र आलियाको सम्वन्धलाई लिएर सकारात्मक प्रतिक्रिया दिएका थिए । उनले आफ्नो परिवारका लागि आलिया स्वीकार्य भएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment