Comments Add Comment

संविधान दिवसको अवसरमा गुल्मीमा खुला फुटबल प्रतियोगिता

३ असोज, गुल्मी । संविधान दिवसको अवसर पारेर गुल्मीमा खुला फुटबल प्रतियोगित सुरु गरिएको छ ।

जिल्लाको अन टेष्ट युवा क्लवले जिल्लाको सदरमुकाम तम्घासमा खुला पुरुष फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

खेलको बुधबार गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरे । खेलको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पौडेलले समय समयमा बिभिन्न संघसंस्था क्लवले आयोजना गर्ने यस्ता खेलकुदका कार्यक्रमले खेल क्षेत्रको बिकासमा सहयोग मिल्ने बताए ।

गुल्मी जिल्लाका बिभिन्न स्थानसँगै बाग्लुङ र रुपन्देही गरी १७ टिमको सहभागिता रहेको छ । असोज ६ गतेसम्म चल्ने खेलमा प्रथम हुने प्रतियोगिले ५० हजार शिल्ड मेडल प्रमाण पत्र पाउने छन् ।

त्यस्तै द्धितीय हुनेले ३० हजार, तृतीयले १० हजार र सान्त्वना हुनेले ५ हजारसहित शिल्ड, मेलड र प्रमाण पाउने क्लवका सचिव दिपक कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment