Comments Add Comment

स्मार्ट स्पिकरको दौडमा गुगल अगाडि

गुगल होम, अमेजन इको तथा एप्पल होमपड जस्ता स्मार्ट स्पिकरले विस्तारै लोकप्रियता हासिल गरिरहँदा गुगलले बजारमा सुरुवाती अग्रता कायम गरेको छ ।

पछिल्लो त्रैमासिक रिपोर्ट अनुसार गुगलको होम मिनी विश्वमा सबैभन्दा बढी बिक्री हुने स्मार्ट स्पिकर बनेको छ । सन् २०१८ को दोश्रो त्रैमासिकमा गुगलको होम मिनी स्मार्ट स्पिकर सबैभन्दा धेरै बिक्री भएको हो ।

रिपोर्ट अनुसार यस अवधिमा विश्वमा १ करोड १७ लाख स्मार्ट स्पिकर बिक्री भएका छन् ।

स्मार्ट स्पिकरको दौडमा गुगलपछि अमेजन दोश्रो स्थानमा छ । अमेजनको अमेजन इको डट दोश्रो धेरै बिक्रि हुने स्मार्ट स्पिकर बनेको छ । जबकी एप्पलको होमपडले टप फाइभ स्थानसम्म पनि आफुलाई उभ्याउन सकेन । यद्यपि संख्यामा कम बिक्रि भएपनि एप्पल होमपडले विश्व स्मार्ट स्पिकर बिक्रिबाट प्राप्त रकमको सबैभन्दा धेरै १६ प्रतिशत हिस्सा ओगटेको छ ।

गुगल होम र अमेजन इकोले समग्रमा स्मार्ट स्पिकर बिक्रिको ३८ प्रतिशत बजार हिस्सा ओगटेका भएपनि न्यून मूल्यका कारण कुल रकममा जम्मा १७ प्रतिशत मात्र हिस्सा कायम गरेका छन् ।

यस अवधिमा गुगलले २३ लाख होम मिनी बिक्री गर्न सफल भएको छ भने अमेजनले २२ लाख इको डट बिक्री गरेको छ ।

तेश्रो स्थानमा रहेको अलिबाबाको टिमाल जेनीले ७ प्रतिशत हिस्सा ओगटेको छ ।

स्मरण रहोस् हालै नयाँ आइफोन सार्वजनिक गर्ने क्रममा एप्पलले स्मार्ट स्पिकरमा पनि केही अपडेटको घोषणा गरेको छ । योसँगै अब होमपडमा मल्टिपल टाइमर सेटिंग, फोनकल गर्ने र उठाउने सुविधाका साथै मनपर्ने गीत सर्च गरेर सुन्न पनि सकिनेछ । साथै यो सफ्टवेयर अपडेट निशुल्क उपलब्ध हुनेछ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment