Comments Add Comment

सिताराम जन्मिनु भएकै मेरा लागि होः कुञ्जना, ‘मरेर के नै लानु छ र ?: सिताराम

हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेलले आज संचारकर्मीहरुको माझमा आफ्नो जन्मदिन मनाउँदै गर्दा उनकी धर्मपत्नी कुञ्जना घिमिरे केही भावूक देखिइन् । सितारामलाई मध्यरातमा कुञ्जनाले विस गरेकी थिइन् । तर, त्यो विस कसरी गरिएको हो भन्ने बिषयमा भने कुञ्जनाले खुलाइनन् ।

नेपाली हाँस्य ब्यङ्ग्य क्षेत्रमा यो जोडी ‘धुर्मुस र सुन्तली’ नामले परिचित छ । समाजसेवामा पनि यी दुइले एक अर्काको साथ दिएका छन् ।
रेडियो अडियोले आयोजना गरेको जन्मदिन सेलिव्रेशन कार्यक्रममा बोल्दै कुञ्जनाले भनिन्-‘सिताराम कट्टेल, नाम उहाँको बाबा-आमाले राखिदिनुभएको होला । तर, सिताराम मेरै लागि जन्मिनु भएको हो भन्ने मलाई लाग्छ ।’

कुञ्जनाले अगाडि भनिन्-‘उहाँले मलाई कम माया गरेको कुनै त्यस्तो पल नै छैन । उहाँले मलाई भेट्नु अगाडि बालापन, यूवा अवस्था एक्लै बिताउनु भयो । तर, मलाई किन किन लाग्छ कि, सानैदेखि उहाँको सपनीमा म आउथ्यँ ।’

सितारामलाई समाजिक अभियन्ता भन्दै कुञ्जनाले यो माया बाँड्न मिल्ने भएको भए समाजमा गएर आफूले थोरै राखेर बाड्थ्य समेत भनिन् ।
यता, सितारामले आफूहरुको माया कहिले पनि पुरानो नहुने सुनाए । सितारामले अगाडि भने-‘बैबाहिक जीवनमा बाँधिएर यो अवस्थासम्म आइपुग्दा कुञ्जनाप्रतिको माया अझै बढेको छ । कुञ्जनाले मलाई दिएको हौसलाकै कारण समाजका लागि केही सहयोग गर्न पाएको छु भन्ने लाग्छ ।’

उनले अगाडि थपे-‘मरेर लादा कसले के लिएर जाने हो र ? धर्ती आमालाई खुशी बनाउन सकुँ भन्ने लागेको छ । हामीले घोषणा गरेका कार्यक्रमहरु पुरा गर्ने वाचा पनि गर्दछु । क्रिकेट स्टेडियम र नमुना नेपालको काम अब अगाडि बढ्छ ।’

सितारामले जन्मदिन मनाउँदै गर्दा आफ्नो उमेर भने खुलाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment