+
+

स्मार्ट टेलिकमले मनायो संविधान दिवस

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ४ गते १७:११

४ असोज, काठमाडौं । नेपालको संविधानले तीन वर्ष पुरा गरेको अवसरमा मोबाइल सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमले पनि मंगलबार संविधान दिवस मनाएको छ ।

संविधान दिवसको अवसरमा स्मार्ट टेलिकमले आफ्ना सम्पूर्ण स्मार्ट सेन्टरहरुमा मैनवत्ती प्रज्जवलन गर्नुका साथै राष्ट्रिय गान गाएर संविधान दिवस मनाएको हो ।

स्मार्ट टेलिकमले आˆना काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका स्मार्ट सेन्टरहरुमा संविधान दिवस २०७५ का पोष्टरहरु टाँसेर सजाएको थियो ।

१ जुलाई २००८ मा स्थापना भएको स्मार्ट टेलिकमले नेपालका दुर्गम क्षेत्रहरुमा सेवा प्रदान गर्दै आएको छ । स्मार्टले २०१३ मा एकीकृत इजाजत युनिफाइड लाइसेन्स प्राप्त गरेको हो ।

दक्ष एवं कर्मठ कर्मचारीहरुको साथले गर्दा दुरसञ्चारको क्षेत्रमा स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो कम्पनीका रुपमा स्थापित हुन सफल भएको कम्पनीको दावी छ ।

स्मार्ट टेलिकल प्रालिले आˆनो नेटवर्कलाई क्रमशः नेपालभर विस्तार गर्दै आएको छ । यसै सिलसिलामा कम्पनीले आˆनो फोर जी सेवा काठमाडौ, ललितपुर, भक्तपुर तथा पोखरामा प्रदान गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?