विश्वकै तथ्यांक हेरौं, महिलालाई सताउने ठूलो समस्या हो पाठेघरको क्यान्सर । पाठेघरको क्यान्सरको कारण थुप्रै महिलाले ज्यान गुमाइरहेका छन् ।
पाठेघर, जो सृष्टिको उद्गम विन्दु पनि हो । त्यही भ्रुण हुर्कन्छ । दुखलाग्दो चाहि के भने, त्यही पाठेघरले महिलाहरुलाई जीवनभर पीडा दिन्छ । थुप्रै महिला अहिले पाठेघरको समस्याबाट ग्रसित छन् । उनीहरु कुनै न कुनै किसिमको रोग पालेर बसिरहेका छन् ।
थाहा भएकै कुरा हो, पाठेघर आफैमा संवेदनसिल अंग हो । त्यही कारण पनि यसको सुरक्षा एवं स्वस्थ्यमा बढी सचेत हुनुपर्छ । तर, नचाहेरै पाठेघर रोगको घर बन्न पुग्छ ।
सबैभन्दा बढी महिलालाई पाठेघरको संक्रमणले सताउने गर्छ । यो एक प्रकारको संक्रमण हो । समयमै निको नभए यसले क्यान्सरको रुप समेत लिन सक्छ ।

के हो पाठेघरको काम ?
प्रजननको लागि पाठेघर निकै महत्वपूर्ण अंग हो । पाठेघरविना सन्तान उत्पादन गर्न सम्भव छैन । यद्यपी सन्तान उत्पादनको लागि पाठेघर मात्र जिम्मेवार छैन । अण्डाशय, शुक्रकिट, पाठेघरको समान भूमिका रहन्छ ।
महिनावारी हुनुमा पनि पाठेघरको अहम भूमिका हुन्छ । तर, पाठेघर नभए पनि महिला हुन चाही सक्छ । तर, अण्डाशय भएन भने महिला हुन असम्भव छैन । जन्मदा सामान्य हुने पाठेघर बढ्दो उमेरसँगै विकशित हुँदै जान्छ ।
यसकारण लाग्छ रोग ?
– सरसफाइ अभाव
– पल्टीपल सेक्स पार्टनर,
– कम उमेरमा बच्चा जन्माउदा,
– बच्चा बढी जन्माउँदा,
– अत्यधिक चुरोटको सेवन,
– अवान्छित गर्भपतन,
– वंशाणुत समस्या आदी ।
नगर्नुस्
– चाडवाडका बेला महिलाले महिनावारी सार्ने खालका औषधी प्रयोग गर्छन् । यसको कारण पनि पाठेघरसम्बन्धि थुप्रै समस्या देखिने गर्छ । किनकी यस्ता प्रकारका औषधीको सेवन गर्दा पाठेघरले विभिन्न हर्मोन उत्पादन गर्छ जसले असर पुर्याउँछ ।
– पिल्स चक्की बढी प्रयोगले पनि पाठेघरमा समस्या देखिन्छ । खासगरि यसले माशिक श्रावमा समस्या निम्त्याउँछ ।
किन खस्छ पाठेघर ?
– विशेषगरि गाउँघरका महिलामा पाठेघर झर्ने समस्या देखिन्छ । खासगरि गह्रौ भारि बोक्ने, कम उमेरमा बच्चा जन्माउने, बढी जन्माउने, अत्यधिक चुरोट सेवन गर्ने भएकै कारण यस्तो समस्या हुने गर्छ ।
– यस्तो समस्या भएमा त्यतिसाह्रो खोक्नु पनि हुँदैन । यसो गर्दा पाठेघर झन तल झर्ने खतरा हुन्छ ।
– सुत्केरी महिलालाई पुरै आरामको जरुरत हुन्छ । यसो गरेमा यस्ता समस्या निम्तनबाट बच्न सकिन्छ ।
सावधानी
– अबान्छित गर्भपतनबाट बच्नुपर्छ । कतिपय महिलाले शिशुको अवस्था थाहा नपाई सिधै गर्भपतन गर्छन् । यसले महिलाको स्वास्थ्यमा गम्भीर असर त पर्छनै रक्तश्रावको समस्यााले सबैभन्दा बढी सताउने गर्छ ।
– वषर्ामा एक पटक अनिवार्य रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । कुनै पनि रोगको लक्षण नदेखिदै स्वास्थ्य जाँच गराएमा सम्भावित खतराबाट बच्न सकिन्छ ।
– पाठेघरको क्यान्सरबाट निकै मानिस अर्थात रोगको लक्षण नदेखिखदै यस्तो जाँच गराउँदा राम्रो हुन्छ ।
– यसले पाठेघरको क्यानसरको समस्या अत्याधिक हुन्छ । यसबाट बच्नका लागि एचपीवि भाईरसको खोप अनिवार्य लगाउदा निकै लाभदायक हुन्छ । यस्तो खोप नौ वर्षको उमेरपछि जहिले पनि यस्तो खोप लिन सकिन्छ । यस्तो खोप छ हिनाको अवधिमा तीन पटक लिनुपर्छ । सकेसम्म शारिरिक सम्बन्धहुनुअघि नै यस्तो खोप लिएमा राम्रो हुन्छ ।
प्रतिक्रिया 4