Comments Add Comment

बाराकाे जितपुरमा यामाहाको अर्को शोरुम, ग्राहकलार्इ ‘थ्रि एस’काे सुविधा

८ असोज, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले सोमबारबाट बाराको जितपुरमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले आजम इन्टरप्राइजेजमार्फत त्यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ (सेल्स, सर्भिस र स्पेयर पार्टस्) को सेवा दिन थालेको हो ।

यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत् गरी नयाँ डिलरसिप सुरु गरिएको कम्पनीको भनाइ छ । नयाँ शोरुमको जितपुर-सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उद्घाटन गरे ।  आजम इन्टरप्राइजेजबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकपि्रय मोटरसाइकल र स्कुटरहरुको ‘थि्र एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउने जारी प्रेस नोट उल्लेख छ ।

पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकपि्रय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गौरवको कुरा भएको आजम इन्टरप्राइजेजका प्रबन्ध निर्देशक मुगले आजम मन्सुरले बताए । उनले अब यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनु नपर्ने बताए । ‘यहाँबाट हाई-टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ उनले भने ।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर ३, एफजी २५, फेजर २५, आर १५, एफजेड-एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् ।

यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटर्फमको फेजर २५ ले पनि राइडरहरुलाई आकषिर्त गरिरहेको छ । एमएडब्लुले नाडा अटो सोमार्फत आर १५ भी ३, एक्सटिजेड र रे जेडआर स्टि्रट र्‍याली गरी तीन वटा नयाँ मोडेल सार्वजनिक गरेको थियो । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् ।

यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन -एफआई) प्रविधि जडान गरिएको छ । जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउने र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइने कम्पनीको दावी छ ।

यामाहाले दसैंतिहारको अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ, जसमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले कम्तीमा सात हजारदेखि १ लाखसम्म नगद छुट स्क्र्याचमार्फत पाउने बताइएको छ । हरेक साता एक जना भाग्यशाली ग्राहकले यामाहा आर ३ जित्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment