Comments Add Comment

फिफा उत्कृष्ट खेलाडी अवार्डः रोनाल्डो र मेस्सीको भोट कसलाई ?

काठमाडौं । लुका मोडरिचले फिफा उत्कृष्ट खेलाडी अवार्डमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सीको १० वर्षदेखि कायम रहेको दबदबा तोडे ।

२००७ मा काकाले जिते यता यो अवार्ड रोनाल्डो र मेस्सीले समान ५–५ पटक पाएका छन् । यूईएफए अवार्डमा आन्द्रे इनिष्टा र फ्राङ्क रिबेरी आउँदा पनि फिफामा रोनाल्डो वा मेस्सीले नै पाएका थिए ।

यो पटक भने मेस्सी अन्तिम तीनको मनोनयनमै परेनन् भने मोडरिकले रोनाल्डो र मोहम्मद सलाहलाई पछि परे ।

आफूले अवार्ड नजिते पनि मेस्सी र रोनाल्डो दुबैले अवार्डका लागि उत्कृष्ट तीन खेलाडी छनोट गरेका थिए ।

विश्वका सबै देशका कप्तान र प्रशिक्षकले यसरी नै तीन नाम छानेका थिए । मेस्सीले अर्जेन्टिना र रोनाल्डोले पोर्चुगलका कप्तानका रुपमा मत दिए ।

दुबैले मोडरिकलाई पनि मत दिएको पाइएको छ । मेस्सीले पहिलो मत नै मोडरिकलाई दिएका छन् । दोस्रो नम्बरमा एम्बाप्पेलाई राखेका उनले तेस्रो स्थानमा रोनाल्डोलाई मत दिएको पाइएको छ ।

रोनाल्डोले भने पहिलो नम्बरमा भारानेलाई राखेका छन् । दोस्रो स्थानमा मोडरिक र तेस्रो स्थानमा ग्रिजम्यानलाई मत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment