Comments Add Comment

२०२० को भ्रमण वर्ष सफल बनाउन अमेरिकाबाट परराष्ट्रमन्त्री ज्ञवालीको आव्हान

अमेरिका / परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैलाई आव्हान गरेका छन् ।

अमेरिकी संस्था सुखी न्यूयोर्क र नेपाल अमेरिकी फाउन्डेसन साथै न्युयोर्कस्थित महवाणिज्यदूतावासले आयोजना गरेको नेपालको झण्डोतोलन कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री ज्ञवालीले भ्रमण वर्ष सफल बनाउन सबैजना एकजुट हुन आवश्यक रहेको औंल्याएका हुन् ।

‘प्रवासमा रहेका नेपालीहरुको यसमा महत्वपूर्ण भूमिका हुन्छ,’ मन्त्री ज्ञवालीले भने,’ तपाईंहरुले जति प्रचार गर्नुहन्छ, त्यति नै सबैमा यसबारे जानकारी पुग्छ ।’

सरकारले दुई वर्षभित्र २० लाख पर्यटक ल्याउन ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान घोषणा गरेको जानकारी गराउँदा यो सबैको पहलमामात्र सम्भवहुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिने सिलसिलामा मन्त्री ज्ञवाली अहिले न्युयोर्कमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment