Comments Add Comment

पहिरोले उर्थु-लासी सडकखण्ड ३ महिनादेखि अवरुद्ध

१० असोज, जुम्ला । अविरल वर्षापछि आएको पहिरोका कारण उर्थु– लासी सडकखण्ड तीन महिनादेखि अवरुद्ध बनेको छ ।

पातारासी गाउँपालिकाको उर्थुदेखि डिल्लीचौरको लासी बजारसम्मका विभिन्न स्थानमा खसेको पहिरोले सडक भत्काएपछि सवारी आवागमन ठप्प भएको छ ।

सडक अवरुद्ध हुँदा पैदल हिँड्नसमेत असुविधा भएको गुनासो सर्वसाधारणले गरेका छन् ।

सडकमा खसेको पहिरोले जनजीवन प्रभावित भए पनि मर्मतमा सरोकारवालाले चासो नदेखाएको पातारासी गाउँपालिका–५ का विर्षबहादुर बुढाले गुनासो गरे ।

सो क्षेत्रका व्यापारीले भरियामार्फत सामान ढुवानी गर्दै आएका छन् ।

‘पहिरोले आवागमन प्रभावित भएपछि दैनिक उपभोग्य वस्तुको अभाव भएको छ, सामान महँगो छ’, पातारासी–५ का मुनबहादुर बुढाले भने ।

पातारासी गाउँपालिकाका अध्यक्ष लछिमन रोकाया भने वर्षाले लगातर पहिरो खसेकाले सडक मर्मत गर्न ढिलाइ भएको बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment