Comments Add Comment

दशैंको मुखैमा गाडी भाडा बढाएको भन्दै सांसदहरुद्वारा सरकारको आलोचना

१० असोज, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले दशैं जस्ता चाडबाडको मुखैमा यातायात भाडा बढाएकोमा सरकारको चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाका सांसदहरु प्रकाश रसायली, अमृतादेवी अग्रहरी, देवेन्द्र पौडेललगायतका सांसदहरुले पेट्रोलियम पदार्थ र यातायातको भाडा बढाउने निर्णयप्रति आपत्ति जनाउँदै सरकारको चर्को आलोचना गरेका हुन् ।

संघीय संसद अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधबारको बैठकमा बोल्दै काँग्रेस सांसद प्रकाश रसायलीले तत्काल यातायात भाडा बढाउने निर्णय फिर्ता लिन सरकारसँग माग गरे ।

मुलुकमा सरकार र प्रतिपक्ष दुवै पक्ष नभएजसरी जनतालाई मारमा पार्ने गरी यातायातको भाडा वृद्धि गरेकोमा उनको आक्रोश छ । राष्ट्रिय जनता पार्टी, नेपालकी सांसद अमृतादेवी अग्रहरीले जनतालाई मारमा पार्ने काम भईरहेको भन्दै सरकारको चर्को आलोचना गरे ।

उनले पेट्रोलियम पदार्थ र यातायातलगायतका क्षेत्रमा बृद्धि गरिएको मूल्य वृद्धि तत्काल फिर्ता गर्न पनि सरकारसँग माग गरे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद देवेन्द्र पौडेलले पनि जनतालाई सूचना समेत नदिई पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनलेे पेट्रालियम पदार्थको मूल्य वृद्धि गर्दा जनताको तहमा व्यापक छलफल गर्न पनि सरकारलाई सचेत गराए । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले अन्तराष्ट्रिय स्तरमा मूल्य वृद्धि भएपछि पेट्रालियम पदार्थको मूल्य वृद्धि गर्नु परेको जवाफ समितिका सदस्यहरुलाई दिएका थिए ।

उनले दसैंको अवसर पारेर मूल्य वृद्धि गरेको पाईए त्यस्ता व्यापारीमाथि कडा कार्वाही गर्ने चेतावनी दिए । मन्त्री यादवले अस्वभाविक रुपमा मूल्य वृद्धि गर्ने व्यापारीबारे जानकारी गराउन पनि समितिमार्फत् सर्वसाधारणलाई पनि अपिल गरे । मन्त्री यादवले दशैंमा हुने मृत्यवृद्धि लगायतका व्यतिथि अन्त्य गर्न सरकारले केही दिन भित्रैबाट बजार अनुगमनको कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment