Comments Add Comment

सकिब अल हसनले एसिया कपको फाइनल खेल्न नसक्ने

काठमाडौं । बंगलादेशका अलउराउण्डर सकिब अल हसनले एसिया कपको फाइनल गुमाउने भएका छन् ।

पाकिस्तानले हराउँदै बंगलादेशले फाइनलमा भारतसँगको भेट पक्का गरेको थियो ।

तर, नम्बर एक अलराउण्डर हसनले दायाँ हातको कान्छी औलामा लागेको चोटका कारण फाइनल खेल गुमाउने भएका छन् । यो उनको जनवरीमा लागेको चोट हो । तर, अहिले दुखाई बढेपछि उनले ब्याट नै समाउन नसक्ने भएका छन् ।

त्यसका बाबजुद एसिया कप खेलेका थिए । चोटका कारण बंगलादेशले यसअघि नै तमिम इकबाललाई गुमाइसकेको छ ।

बंगलादेश क्रिकेट बोर्डका अनुसार हसन चारदेखि ६ साता मैदान बाहिर हुनेछन् । यसको अर्थ उनले जिम्बाब्वेविरुद्ध बंगलादेशले खेल्ने सिरिज पनि गुमाउनेछन् ।

अलराउण्डर हसनले न्यूयोर्क वा मेलबर्नमा छिट्टै औलाको सर्जरी गराउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment