+
+

सरकारले निर्मला हत्याकाण्ड ढाकछोप गर्ने प्रयास गर्‍योः रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज ११ गते १३:०१

११ असोज, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले निर्मला पन्त हत्याकाण्ड ढाकछोप गर्ने प्रयास गरेको अारोप लगाएका छन् ।

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्याकाण्डको छानविन प्रतिवेदन सार्वजनिक लुकाइएको भन्द नेता पाैडेलले तत्काल सार्वजनिक गर्न सरकारसँग मागसमेत गरे । छानविन समितिले गृहमन्त्री रामबहादुर थापा बादललार्इ बुझाएको प्रतिवेदन गुपचुप राखिएको छ ।

निर्मला हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याएर मुलुकमा शान्ति, सुरक्षा कायम गर्न सरकार गम्भीर नदेखिएको वरिष्ठ नेता पौडेलको दावी छ ।

युरोपका विभिन्न मुलुकस्थित पार्टी संगठनको कार्यक्रममा सहभागी भएर बिहीबार स्वदेश फर्किएका नेता पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बुढिगण्डकी जलविद्युत आयोजना चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने सरकारको निर्णयप्रति पनि आपत्ति जनाएका छन् ।

एक फरक प्रसंगमा वरिष्ठ नेता पौडेलले पार्टीका सबै निकायमा विदेशस्थित पार्टी संगठनहरुको प्रतिनिधित्व सुनिश्चित हुनेगरी विधान बनाउन पनि पार्टी नेतृत्वसँग माग गरे ।

वरिष्ठ नेता पौडेलले प्रवासमा रहेका नेपालीहरुलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्च अदालतले आदेश दिएसँगै पार्टीका प्रवासमा रहेका संगठनहरुको भूमिका र महत्व झनै बढेर गएको पनि स्मरण गराएका छन् ।

१० दिन लामो युरोपको बसाइका क्रममा उनले त्यहाँस्थित पार्टी मातहतमा रहेका नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?