Comments Add Comment

बर्दिबासबाट पनि लाइसेन्स वितरण गरिने

११ असोज, बर्दिवास । महोत्तरीको बर्दिवासस्थित यातायात ब्यवस्था सेवा कार्यालय वर्दिबासबाटै नयाँ सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण हुने भएको छ ।

लाइसेन्स वितरण हुने भएपछि यस क्षेत्रका पाँच जिल्लाका सेवाग्राही लाभान्बित हुनेछन् । लाइसेन्स बितरणको लागि कार्य सुरु गर्ने तयारी भइरहेको कार्यालयले जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय यातायात व्यवस्था विभागको २०७५ असार २८ गतेको निर्णय अनुसार लाइसेन्स वितरण कार्य यातायाता व्यवस्था सेवा कार्यालय बर्दिबासबाटै सुरु हुने गरी काम भैरहेको निमित्त कार्यालय प्रमुख पोषण थापाल जानकारी दिए ।

०७५ भदौं २१ गते देखि यातायाता व्यवस्था सेवा कार्यालय बर्दिबासको आफ्नै कोडबाट कामकाज सुरु भइसकेको निमित्त प्रमुख थापाले बताए ।

असार २८ गते नै भौतिक पूर्वाधार तयार भएका सेवा कार्यालयहरुलाई लाईसेन्स वितरणका लागि अधिकार प्रत्यायोजन भएपनि प्रदेश सरकार र संघीय सरकारबीच आपसी समन्वयका अभावमा सो कार्य सुरु हुन सकेको थिएन ।

बर्दिबासमा ट्रायल सेन्टर निर्माण कार्य भइरहेको र सेन्टर निर्माण भए लगत्तै मोटरसाइकल र स्कुटरकोे लाइसेन्स वितरण गर्ने कार्य प्रारम्भ गरिने थापाले बताए ।

हाल प्रदेश २ सरककारले पुनः लाइसेन्स वितरणको कार्य प्रारम्भ गर्ने तयारी गरेसँगै यस क्षेत्रका महोत्तरी, सर्लाही, सिन्धुली, रामेछाप, दोलखा सम्मका सेवाग्राहीहरु लाभान्वित हुने भएका छन् ।

यसअघि कार्यालयबाट बाटो इजाजत नवीकरण, सवारी साधनको ब्लुबुक नवीकरण, सवारी जाँचपास हुँदै आएकोमा सवारी चालक अनुमतिपत्र -स्मार्ट लाइसेन्स) नविकरण सेवा थपिएपछि महोत्तरी, सर्लाही, सिन्धुली, रौतहट, रामेछाप सम्मका सेवाग्राहीहरु प्रत्यक्ष लाभान्बित हुँदै आएको थिए ।

कर्मचारी अभाव रहेपनि सेवाग्राहीलाई छिटो छरितो र सहज ढंगले सेवा प्रवाह गर्दै आएको र दिनहुँ दुई सय जना भन्दा बढी सेवाग्राहीले सेवा लिइरहेको कार्यालयले जनाएको छ ।

जनकपुर भन्दा छिटो छरितो र सहज ढंगले सेवा प्रवाह भएको भन्दै सेवाग्राहीहरुले सेवा कार्यालयको प्रशंसा गर्दै आएका छन् ।

०७१ सालमा स्थापना भएको सेवा कार्यालयले त्यसअघि सेवा बिस्तार गर्न नसक्नु र पछिल्लो समय सेवा बिस्तार भएसँगै सेवाग्राहीहरु लाभान्बित भएको उद्योग बाणिज्य संघ, बर्दिवासका अध्यक्ष प्रह्रलाद क्षेत्रीले बताए ।

नयाँ सवारी चालक अनुमति पत्र अनलाइन सेवा खुल्ला गरेको भएपनि बिशेष कारणबस अर्को सूचना प्रदेश नम्बर २ अन्तर्गत यातायाता व्यवस्था कार्यालयबाट बायोेमेटि्रक तथा दरखास्त दर्ता रोकिए संगै सेवाग्राही मार्कामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment