Comments Add Comment

भीमफेदी-कुलेखानी सुरुङमार्ग निर्माणका लागि प्रदेश सरकारले थाल्यो गृहकार्य

१२ असोज, हेटौंडा । प्रदेश सरकारको गौरबको योजना हेटौंडाबाट काठमाडौं जोड्ने पोष्टबहादुर बोगटी भीमफेदी-कुलेखानी सुरुङमार्गको निर्माणका लागि प्रदेश सरकारले गृहकार्य थालेको छ ।

प्रदेश सरकारले सुरुङ मार्गको निर्माणका लागि बिस्तृत अध्ययन प्रतिवेदनका लागि ५ करोड रकम विनियोजन गरिसकेको छ ।

सरकारले मार्ग निर्माणका लागि विज्ञहरुसँग छलफल सुरु गरेको छ भने सुरुङ मार्ग निर्माण कम्पनीहरुसँगको छलफललाई तीव्रता दिएको छ ।

यसअघि हेटौंडा-कुलेखानी-काठमाण्डौ सुरुङ मार्ग पूर्वाधार विकास कम्पनी (एनपीबीसीएल)ले निर्माण गर्ने बताउँदै आएपनि हालसम्म कुनै पनि प्रगति नभए पछि प्रदेश सरकारले आफैं निर्माण गर्न लागेको हो ।

हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणको विषयले राष्ट्रिय सभामा समेत प्रवेश पाउन थालेको छ । प्रदेश सरकारले आफैं निर्माण गर्न डीपीआरको लागि वजेटसमेत विनियोजन गरेपछि चर्चा पाउन थालेको हो ।

वर्षौदेखि निर्माणको अनुमति पाएपनि कम्पनीले निर्माण गर्न नसक्ने भन्दै राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले यसेको प्रदेश सरकारलाई नै जिम्मा दिनु पर्ने बताए ।

उनले हेटौंडा-काठमाडौं सुरुङमार्ग निर्माणको स्वीकृति प्रदेश सरकारलाई दिन केन्द्र सरकारलाई आग्रह गरेका छन् ।

तत्कालीन संविधानसभा सदस्यमध्ये काठमाडौं उपत्यकाका ४३ जना सदस्यले हेटाैंडा-काठमाडौ सुरुङ मार्ग बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिएको स्मरण गर्दै अधिकारीले निर्धारित समयमा निर्माण सम्पन्न नगर्ने निजी कम्पनीसँगको सम्झौता रद्द गर्नुपर्ने बताए ।

मार्ग निर्माणको लागि ३ नम्बर प्रदेश सरकारले नीजि क्षेत्रले निर्माण गर्न नसकेको हुनाले सम्झौता खारेज गर्न गत भदौं ६ गते संघीय सरकारलाई पत्रारचार गरिसकेको छ ।

कम्पनीले सुरुङ मार्ग निर्माण गर्ने भन्दै ६ बर्षदेखि विभिन्न चरणमा विभिन्न व्यक्तिहरुसंग रकम उठाएको भएपनि कम्पनीले हालसम्म कुलेखानीमा भुमराह पूजाबाहेक अरु केही पनि गरेको छैन ।

कम्पनीले हेटौंडा-काठमाण्डौ जोड्न ४ ठाउँमा सुरुङ मार्ग (८ किलोमटिर)को प्रस्ताव गरेको थियो भने विभिन्न पुलहरु -१५ किलोमिटर)को योजना गरेको जनाएको थियो ।

योजनाका लागि कम्पनीले सुरुवातमा साढे १६ अर्वको प्रस्ताव गरेको भएता पनि अहिले आएर ९० अर्वभन्दा बढी लाग्ने बताउन थालेको छ ।

कम्पनी लगानी जुटाउन सक्ने अवस्थामा नरहेको प्रदेश सरकारले स्पष्ट पारिसकेको छ । यदि सुरुआतमा नै कम्पनीले लगानी गरेको भए यतिबेला हेटौंडा-काठमाण्डौको यात्रा सुरुङमार्ग हुँदै यात्रा गर्न पाइने ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल बताए ।

मुख्यमत्री पौडेलले कुनैपनि निजी कम्पनीले निर्माण गर्ने परियोजनामा सरकार ग्यारेण्टी बस्न नसक्ने बताएका छन् ।

मुख्यमन्त्री पौडेलका अनुसार सरकारले निर्माण गर्ने सुरुङ मार्ग भीमफेदीबाट सिस्नेरी सम्म ३.५ किलोमिर हुनेछ भने सिस्नेरीबाट बाग्मती दोभानसम्म ४ किलोमिटर सडक निर्माण गरी फास्टट्रयाकमा जोड्ने योजना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment