+
+
Shares

चंगा उडाउँदा करेन्ट लागेर बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १३ गते १०:४०

१३ असोज, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ टुसेमा शुक्रबार साँझ चंगा उडाउने क्रममा एक बालकको ज्यान गएको छ ।

स्थानीय हिमालय आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत १२ वर्षीय राकेश पुनको विद्युत् पोलमा अड्किएको चंगा निकाल्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी घाचोकका इन्चार्ज भट्टराम गुरुङले जानकारी दिए ।

चंगा उडाएर खेलिरहेका बालक पुन चंगा विद्युतको पोलमा अड्किएपछि निकाल्नको लागि पोलमा चढेका थिए । पोलमा चढ्नेबित्तिकै उनी नांगो तारमा अड्किएको प्रहरीको भनाइ छ ।

गुरुङका अनुसार पोखराबाट प्रहरी र विद्युत् प्राधिकरणको प्राविधिकसहितको टोली पुगेपछि मात्र बिजुलीको नांगो तारमा अड्किएका बालकलाई बाहिर निकालिएको थियो । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

विमानस्थल वरपर चंगा उडाउँदै हुनुहुन्छ ? प्रहरीले समाउला !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?