Comments Add Comment

रियल मड्रिड एथ्लेटिको मड्रिडसँग रोकियो

१४ असोज, काठमाडौं । स्पेनिस ला लिगा लिग फुटबलमा रियल मड्रिडले एथ्लेटिको मड्रिडसँग गोल रहित बराबरी खेलेको छ ।

शनिबार राति भएको खेलमा रियलले आफ्नो कट्टर प्रतिद्वन्द्वी एथ्लेटिको मड्रिडसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

गोल गर्ने एकपछि अर्को अवसर खेर फाल्दा रियलले अग्रता बनाउने मौका गुमाएको थियो । पहिलो हाफमा रियलका ग्यारेथ वेल गोल गर्न चुकेका थिए । पहिलो हाफमा गोल रहित बराबरी खेलेको रियलले दोस्रो हाफमा पनि गोल गर्न नसकेपछि अंक बाँडेको हो ।

त्यस्तै, ला लिगा लिगअन्तर्गत नै भएको अर्को खेलमा सेभिल्लाले इल्बारलाई ३-१ गोलअन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment