Comments Add Comment

लक्ष्मी बैंकद्वारा पशुपतिनाथ परिसरका लागि २ वटा विद्युतिय टेम्पो हस्तान्तरण

१४ असोज, काठमाडौं । लक्ष्मी बैंकले पशुपतिनाथ मन्दीर परिसरमा प्रयोगका लागि २ वटा विद्युतिय सफा टेम्पो हस्तान्तरण गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको एक कार्यक्रमका बीच बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीलाई सफा टेम्पोको साँचो हस्तान्तरण गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति मन्दिर परिसरका लागि बिद्युतीय सफो टेम्पो सहयोग गरेको जनाएको छ ।

हस्तान्तरण गरिएको टेम्पो पशुपतिनाथ मन्दिर परिसरभित्र विशेष गरी बृद्ध र अशक्त भक्तजनहरुको निःशुल्क आवतजावतका लागि प्रयोग हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment