Comments Add Comment

म प्रियंकाको फ्यानः पूजा, म सबैसँग मिल्छुः प्रियंका

नायिका प्रियंका कार्की र पूजा शर्माको मित्रता अहिले बढ्दो छ । हुनत, नेपाली चलचित्रमा कलाकारको मित्रता र दुश्मनी कोसँग कतिबेला हुन्छ थाहा हुँदैन । नायिका कार्की र शर्मा भने अहिले खुबै मिल्ने गर्छन् । नायिका कार्कीले अभिनय गरेको चलचित्र ‘कथा काठमाण्डु’ हेर्न पुगेकी नायिका पूजाले प्रियंका आफ्नो मनपर्ने कलाकार भएको बताइन् ।

पूजाले भनिन्-‘मेरो प्रियंका मनपर्ने नायिका हुन् । यसैले पनि यो चलचित्र हेर्न म आएँ । मलाई यो चलचित्रको कथावस्तुले पनि तानेको हो ।’ पूजाले यसो भन्दै गर्दा प्रियंकाले उनलाई अंकमाल गरिन् र गालामा चुम्बन गरिन् ।

नायिका कार्कीले भने आफ्नो कोही नायिकासँग पनि सम्बन्ध नराम्रो नभएको बताइन् । आफूसँग मिल्ने नायिकाहरुको उपस्थित नभएको बिषयमा उनले भनिन्-‘मैले सबैलाई बोलाएको हुँ । कोही आफ्नो कामले पनि नआएका होलान् । म सबैसँग मिल्छु र मेरो कोहीसँग पनि नराम्रो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment