Comments Add Comment

शिक्षामन्त्रीमाथि डा. केसीको आरोप : आर्थिक लाभ लिन सम्झौता तोड्न खोजे

१५ असोज, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरल र डा. गोविन्द केसी आरोप प्रत्यरोपमा उत्रिएका छन् ।

संसदको वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पास नभएपछि डा. केसीले शिक्षामन्त्रीले नै अवरोध गरेको भन्दै राजीनामा माग गरे । जवाफमा मन्त्रीले डा. केसीले ब्लाकमेलिङ गरेको आरोप लगाए भने मन्त्रालयले विज्ञप्ति जारी गर्दै डा. केसी मन्त्रालयसँग सम्पर्कमै आउन नचाहेको बताए ।

सोमबार डा. केसीले विज्ञप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलको आलोचना गरेका छन् । माथेमा आयोगको प्रतिवेदन विपरित प्रावधान राख्न तथा अध्यादेशलाई तोडमोड गरी माफियामुखी ऐन बनाउन भूमिका खेलेको उनको आरोप छ ।

सीटीईभीटी, नर्सिङलगायतका कलेजहरु कार्यक्रम सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको भन्दै डा. केसीले भनेका छन्, ‘त्यसमा शिक्षामन्त्रीको प्रत्यक्ष स्वार्थ गाँसिएको छ ।’

‘ती कार्यक्रमहरुलाई चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारमा जान नदिने र आफैंले स्वीकृती प्रदान गरी आर्थिक लाभ लिने निहित स्वार्थ बमोजिम हामीसँग गरिएको सम्झौताका वुँदाहरु विपरित ऐन पारित गर्न गराउन पहल गरिरहेका छन् ।’

यो पनि पढ्नुहोस गोविन्द केसीलाई शिक्षामन्त्रीको प्रश्न- म दोषी हुँ कि संसद ?

मन्त्री पोखरेल सीटीईभीटीलाई चिकित्सा शिक्षा आयोग मातहत नराख्ने पक्षमा छन् । तर, डा. केसीको १५ औं अनसनका क्रममा प्रधानमन्त्रीकै पहलमा सरकारी विधेयकको उक्त प्रावधान संशोधन गर्ने सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment