+
+
Shares

शिक्षामन्त्रीमाथि डा. केसीको आरोप : आर्थिक लाभ लिन सम्झौता तोड्न खोजे

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १५ गते १५:४०

१५ असोज, काठमाडौं । शिक्षामन्त्री गिरिराजमणि पोखरल र डा. गोविन्द केसी आरोप प्रत्यरोपमा उत्रिएका छन् ।

संसदको वर्षे अधिवेशनबाट चिकित्सा शिक्षा विधेयक पास नभएपछि डा. केसीले शिक्षामन्त्रीले नै अवरोध गरेको भन्दै राजीनामा माग गरे । जवाफमा मन्त्रीले डा. केसीले ब्लाकमेलिङ गरेको आरोप लगाए भने मन्त्रालयले विज्ञप्ति जारी गर्दै डा. केसी मन्त्रालयसँग सम्पर्कमै आउन नचाहेको बताए ।

सोमबार डा. केसीले विज्ञप्ति जारी गर्दै शिक्षामन्त्री पोखरेलको आलोचना गरेका छन् । माथेमा आयोगको प्रतिवेदन विपरित प्रावधान राख्न तथा अध्यादेशलाई तोडमोड गरी माफियामुखी ऐन बनाउन भूमिका खेलेको उनको आरोप छ ।

सीटीईभीटी, नर्सिङलगायतका कलेजहरु कार्यक्रम सञ्चालन स्वीकृतिको पर्खाइमा रहेको भन्दै डा. केसीले भनेका छन्, ‘त्यसमा शिक्षामन्त्रीको प्रत्यक्ष स्वार्थ गाँसिएको छ ।’

‘ती कार्यक्रमहरुलाई चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकारमा जान नदिने र आफैंले स्वीकृती प्रदान गरी आर्थिक लाभ लिने निहित स्वार्थ बमोजिम हामीसँग गरिएको सम्झौताका वुँदाहरु विपरित ऐन पारित गर्न गराउन पहल गरिरहेका छन् ।’

मन्त्री पोखरेल सीटीईभीटीलाई चिकित्सा शिक्षा आयोग मातहत नराख्ने पक्षमा छन् । तर, डा. केसीको १५ औं अनसनका क्रममा प्रधानमन्त्रीकै पहलमा सरकारी विधेयकको उक्त प्रावधान संशोधन गर्ने सहमति भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?