Comments Add Comment

निरुताले ‘लभ स्टेशन’बाट हात झिकिन्, कारण यस्तो

मुम्बइमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका निरुता सिंहले काम गर्ने पक्का भएको एक चलचित्रबाट हात झिकेकी छिन् । उज्ज्वल घिमिरेको निर्देशनमा अहिले दार्जिलिङ्गमा छायांकन भैरहेको चलचित्र ‘लभ स्टेशन’बाट निरुताले हात झिकेकी हुन् ।

गोविन्द शाहीको निर्माणमा गत शुक्रबारदेखि यो चलचित्रको छायांकन सुरु भएको छ । ५० दिनको सेड्यूलसहित यसको निर्माणपक्ष भारत लागेको हो । नायिका निरुता सिंह र नायक उत्तम प्रधानको जोडीलाई फेरि एकपटक पर्दामा ल्याउने तयारी निर्देशक घिमिरेको थियो । तर, निरुताले भने अन्तिम समयमा आएर चलचित्रमा काम नगर्ने जानकारी दिएकी हुन् । निरुताले अनलाइनखबरसँग भनिन्-‘मलाई लभ स्टेशनमा काम गर्न खुबै मन थियो । तर, अहिले मेरो बुबा बिरामी भएर मुम्बइमा नै उपचार भैरहेको छ । यसैले, मेरा लागि पहिलो प्राथमिकता मेरो बुबा हुनुहुन्छ ।’

निरुताले मंसिर १ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘दाल भात तरकारी’मा भने काम गर्दैछिन् । चलचित्र ‘नाई नभन्नु ल ५’मा काम गरेपछि निरुताको डिमाण्ड चरित्र अभिनेत्रीमा खुबै बढेको छ । यो चलचित्रमा प्रदिप खड्का र जसिता गुरुङको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment