Comments Add Comment

वर्तमान सरकारबाट जनता छटपटाएः प्रकाशमान

१६ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले स्थीरता र शान्ति सुव्यवस्था दिन नसकेको बताएका छन् । कम्युनिष्टलाई सरकार चलाउने जनमत दिएका जनताले पश्चाताप मानिरहेको दाबी पनि उनले गरे ।

क्षेत्र नम्बर १ काठमाडौंको १० नम्बर इकाईद्वारा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा नेता सिंहले भने, ‘जनतालाई स्थीरता दिन्छु भन्ने सरकारको स्थीरता यही हो त ?’

दुई तिहाइ बहुमतको सरकारले हत्या, हिंसा, बलात्कारका घटना रोक्न नसकेको भन्दै उनले आलोचना गरे । अहिलेको अवस्थालाई उनले माओवादी जनयुद्धको त्राससँग तुलना गरे । नेता सिंहले भने, ‘जनयुद्धको बेला जस्तै अहिले रेडियो, टिभी, पत्रिका हेर्दा र सुन्दा नराम्रा समाचारहरु आइरहेका छन् ।’

महंगी धेरै बढेको र सरकारले शान्ति सुरक्षा पनि दिन नसकेकाले जनताहरु छटपटाइरहेको उनले बताए । ‘अरु पार्टीले गफ धेरै गर्ला तर आखिरमा गर्नुपर्ने बेलामा त कांग्रेसले नै गर्छ,’ नेता सिंहले भने, ‘कांग्रेस यस्तै हो, एकपटक त कम्युनिष्टलाई सत्ता दिएर हेरौं भनेको, सत्ता त दिएर हेरियो, तर हाल कस्तो भइरहेको छ । छटपटि सबैलाई भइरहेको छ । बरु कांग्रेस नै ठीक भन्न थालिसके ।’

नेपाली कांग्रेसलाई सक्षम र प्रभावकारी पार्टी बनाउन आन्तरिक तयारी सुरु गरिसकेको उनले जानकारी दिए ।

उनले भने, ‘अब यो पार्टीलाई समृद्धिको अभियानमा, आर्थिक क्रान्तिमा फिट गर्नका लागि हामीले आन्तरिकरुपमा अभ्यास सुरु गरेका छौं । आउँदा चुनौतिहरुलाई सामना गर्न सक्ने सक्षम, प्रभावकारी पार्टीको रुपमा कांग्रेसलाई तपाईंहरुले चाँडै पाउनु हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment