+
+
Shares

माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १८:२१

१६ असाेज, काठमाडौं ।  माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्नेबारे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनबिआईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे । बैंकमा हाल करिब ९ सय ९५ कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?