Comments Add Comment

माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता

१६ असाेज, काठमाडौं ।  माछापुच्छ्रे बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट (एनबिआई) बीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्नेबारे सम्झौता भएको छ ।

सम्झौता अनुसार एनबिआईले माछापुच्छ्रे बैंकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र एनबिआईका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरे । बैंकमा हाल करिब ९ सय ९५ कर्मचारी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment