+

यु-१८ महिला साफ च्याम्पियनसीपः सेमिफाइनलमा नेपालले भारतसँग भिड्ने

२०७५ असोज  १६ गते २०:४९ २०७५ असोज १६ गते २०:४९
यु-१८ महिला साफ च्याम्पियनसीपः सेमिफाइनलमा नेपालले भारतसँग भिड्ने

१६ असोज, काठमाडौं । समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएपछि सेमिफाइनलमा यु-१८ महिला टीम नेपालले भारतको सामना गर्ने भएको छ ।

भुटानमा जारी प्रतियोगितामा मंगलबार नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको हो ।

समूह ‘बी’ को उपविजेता नेपालले असोज १९ गते समूह ‘ए’ को विजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यही दिन अर्को सेमिफाइनल खेल बंगलादेश र भुटानबीच हुनेछ ।

पहिलो खेलमा नेपालले पाकिस्तानलाई १२-० गोलको विशाल अन्तरले पराजित गरेको थियो ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय