Comments Add Comment

म्यानमारले नेपाललाई दियो ३० रनको लक्ष्य

१७ असोज, काठमाडौं । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटको पहिलो खेलमा म्यानमारले नेपाललाई मात्र ३० रनको लक्ष्य दिएको छ ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ थालेको म्यानमारले १० ओभरमा सबै विकेट गुमाएर २९ रन बनायो । नेपाली स्पीनरहरुका अगाडि म्यानमारका ब्याट्सम्यान चल्न सकेनन् ।

सुरुवाति ५ ओभरमा फास्ट बलरले ५ ओभर बलिङ गर्दा २ विकेट गुमाएर २३ रन बनाएको थियो । तर, सन्दिप लामिछाने र ललितनारायण राजवंशी आएपछि थप ५ ओभरमा ८ रन जोड्दा बाँकी ८ विकेट गुमायो । ननौं ओभरमा सन्दिपले तीन विकेट लिए भने दशौं ओभरमा पनि ३ विकेट नै गुम्यो ।

सन्दिपले ३ ओभरमा ३ रन दिएर ४ विकेट लिए भने राजवंशीले ३ ओभरमा २ मेडन राख्दै ३ रन खर्चिँदै ३ विकेट नै लिए । करण केसी र ललित भण्डारीले समान १-१ विकेट हात पारे ।

म्यानमारका हेट लिन होङले सर्वाधिक १६ रन बनाउँदा ६ ब्याट्सम्यानले खाता नै खोल्न सकेनन् ।

नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

छनोट प्रतियोगितामा नेपालसागै आयोजक राष्ट्र मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार र थाइल्याण्ड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment