Comments Add Comment

बाइड बडी विमान खरिदमा अख्तियारले थाल्यो छानबिन

१७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद प्रकरणमा छानबिन सुरु गरेको छ ।

बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा अख्तियार प्रमुख नवीनकुमार घिमिरेले आयोगले छानबिन थालेको जानकारी गराएका हुन् । महालेखा परीक्षकको कार्यालयले पनि खरिद प्रकृया र मूल्यमा प्रश्न उठाएको छ ।

आयल निगमको जग्गा खरिद प्रकरणमा गम्भिर अनुसन्धान भइरहेको बताए । संविधानको दायराभित्र रहेर काम गर्ने र भ्रष्टाचारमा संलग्न जो कोहीलाई कारबाही गर्ने घिमिरेले बताए ।

अनियमित काम गर्ने निकायमाथि अनुसन्धान गर्ने आयोगको अधिकार कटौती भएको भन्दै उनले समितिको ध्यानाकर्षण समेत गराए ।

बैठकमा सांसदहरुले भने अख्तियारको कामकारबाही पारदर्शी र इमान्दार नदेखिएको भन्दै असन्तुष्टि जनाएका छन् ।

समितिका सदस्य अमरेशकुमार सिंहले आयल निगमको जग्गा खरिदमा भ्रष्टाचार गर्नेलाई किन कारबाही नगरेको भन्ने प्रश्न गरे । अर्का सदस्य जनार्दन शर्माले राजनीतिक प्रभावमा परेको भन्दै आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment