काठमाडौं । लियोनल मेस्सीको दुई गोलसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा टोटनह्यामलाई हराएको छ ।
वेम्बलीमा सुरुवाती दुई गोलले खाएको टोटनह्यमले दोस्रो हाफमा पुनरागमनको संकेत देखाएको थियो । तर, मेस्सीको दुई गोलसँगै बार्सिलोना ४–२ गोलले विजयी भएको छ ।
खेलमा बार्सिलोनाले दोस्रो मिनेटमा नै काउटिन्होको गोलबाट अग्रता लिएको थियो । २८ औं मिनेटमा राकिटिकले गोल गरेपछि पहिलो हाफमा २–० ले अगाडि रह्यो ।
दोस्रो हाफको ५२ औं मिनेटमा गोल गर्दै ह्यारी केनले घरेलु टोलीलाई खेलमा फर्काउने संकेत गरे । तर, चार मिनेटपछि नै बार्सिलोनाका मेस्सीले गोल गरे ।
खेलको ६६ औं मिनेटमा लामेलाले गोल गर्दै बार्सिलोनाको अग्रता ३–२ मा झारे । तर, निर्धारित समयको अन्तिम मिनेटमा मेस्सीले दोस्रो गोल गरेपछि बार्सिलोनाको जित सुनिश्चित भयो ।
प्रतिक्रिया 4