Comments Add Comment

युरोपा लिगमा क्वाराबागमाथि आर्सनलको जित

१९ असोज, काठमाडौं । युरोपा लिग फुटबलअन्तर्गत समूह र्इको खेलमा इंग्लिस क्लब आर्सनलले अजरबैजानको क्वाराबागलाई ३–० गोलअन्तरले पराजित गरेको छ ।

बिहीबार राति क्वाराबागकै घरेलु मैदानमा भएको खेलमा आर्सनलले सहज जित निकालेको हो । आर्सनलको जितमा सोक्रटिस पापस्थोपौलोस, इमली स्मिथ रोवे र माट्टेओ गुएनडोजीले गोल गरेका थिए ।

आर्सनलले दोस्रो रोजाईका खेलाडी मैदानमा उतारेको थियो । खेलको पाचौं मिनेटमा नै सोक्रटिसले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफमा १–० गोलले अघि रहेको आर्सनलले दोस्रो हाफमा थप २ गोल गर्न सफल भयो ।

इमलीले खेलको ५३औं मिनेटमा गोल गर्दै आर्सनललाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, गुएनडोजीले खेलको ८०औं मिनेटमा गोल गरेपछि आर्सनलले क्वाराबागलाई ३–० गोलले पराजित गरेको हो ।

यो समूहकै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले युक्रेनको भोर्सक्लालाई २–१ गोलअन्तरले पराजित गरेको छ ।

समूह इमा रहेको आर्सनलले २ खेलबाट शतप्रतिशत जित निकाल्दै ६ अंक बनाएको छ । त्यस्तै, स्पोटिङको पनि समान २ खेलबाट ६ अंक रहेको छ भने क्वाराबाग र भोर्सक्ला दुबै टिम अंकविहीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment