Comments Add Comment

शिवको ‘आशुको अर्थ २’ सार्वजनिक

गायक शिव परियारको आवाजमा समावेश ‘आशुको अर्थ २’को म्यूजिक भिडियो सार्वजनिक भएको छ । गतबर्ष सार्वजनिक भएको ‘आशुको अर्थ’को सफलतासगै ‘आशुको अर्थ २’ बोलको गीतको भिडियो बजारमा ल्याइएको हो ।

शुक्रबार चितवनको भरतपुरमा आयोजना गरिएको कार्यक्रममा यसको लिरिकल भिडियो सार्वजनिक गरियो । यो गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् ।

यो गीतको भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठले अभिनय गरेको जानकारी दिदै गीतकार अधिकारीले दशैं लगतै भिडियो बजारमा ल्याउने बताए । निकेश खड्काले भिडियो निर्देशन गरेका हुन् । गीतमा दिपक शर्माको संगीत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment