+
+
Shares

पूर्वमन्त्रीको चुनौतीः मलाई जिम्मा दिनुस्, निर्मलाको हत्यारा पत्ता लाउँछु

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २० गते १५:१५

२० असोज, काठमाडौं । नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्या पत्ता लगाइदिने दाबी गरेकी छन् ।

‘निर्मलाका निम्ति न्याय’ अभियान अन्तरगत राजधानीमा भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री धमलाले अपराधीलाई संरक्षण गर्न सरकारले जनमतको दुरुपयोग गरेको आरोप लगाइन् । पन्तको हत्यारा पत्ता लगाउन थुप्रै प्रमाण रहेको भन्दै उनले भनिन्, ‘सकेन भन्छ सरकार । लाज लाग्दैन कुर्सीमा बस्न ?’

पूँजीवादका कारण बलात्कार तथा महिला हिंसा बढेको भन्ने गृहमन्त्रीको अभिव्यक्ति आसेपासे पुँजीवादमा रमाएकाहरुको निकृष्ट अभिव्यक्ति भएको उनले बताइन् ।

उनले महिला सांसदहरुको राजीनामा मागिन् । ३३ प्रतिशत खाने तर, आफ्नै छोरी चेलीको बलात्कार तथा हत्या हुँदा चुइँक्क नबालेको भन्दै उनले भनिन्, ‘कुन नैतिकताका आधारमा संसदमा बसिरहनु भएको छ । राजीनामा दिनुस् ।’

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले निर्मला पन्तको हत्यारा पत्ता लगाउने जिम्मा आफूलाई दिन सरकारलाई चुनौती समते दिएकी छन् । ‘निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मा मलाई दिनुस्, म पत्ता लगाइदिन्छु हत्यारा’ उनले भनिन्, ‘एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीलाई कोर्रा हान्नुस्, अहिले पत्ता लाग्छ हत्यारा ।’

जसले प्रमाण नष्ट गर्छ, उनीहरुलाई नै पन्तको हत्यारा थाहा रहेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?