+
+

११ एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस, पहिलो नम्बरमा विनोद शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २० गते २१:२५

काठमाडौं । नेपाल प्रहरीको ११ एसएसपीको प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो ।

सूचीको पहिलो नम्बरमा विनोद शर्मा घिमिरे आएका छन् भने दोस्रो नम्बरमा विकास श्रेष्ठ र तेस्रो नम्बरमा ठाकुरप्रसाद ज्ञवाली छन् । चौथाने नम्बरमा पूर्णचन्द्र जोशी रहेका छन् ।

तारणीप्रसाद लम्साल, शैलेश थापा क्षेत्री, हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्नकुमार कार्की, हरिभक्त प्रजापती र सूर्यप्रसाद उपाध्याय पनि बढुवा सिफारिसमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?