Comments Add Comment

प्रदेश ५ सरकारद्वारा १५ विधेयकका अवधारणा स्वीकृत

२१ असोज, बुटवल । प्रदेश ५ सरकारले ऐन निर्माणका लागि विभिन्न मन्त्रालयबाट पेश भएका विधेयक, निर्देशिका र नीतिका १५ वटा अवधारणा स्वीकृत गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद वैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट पेश भएको सुशासन (व्यवस्थापन तथा संचालन) गर्न बन्ने विधेयकको अवधारणापत्रमा सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

वैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले तयार गरेको प्रदेश सञ्चार नीति र प्रदेश प्रशारणसम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा स्वीकृत गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

सोही मन्त्रालयले तयार गरेको प्रदेश ५ विपद व्यवस्थापन कोष संचालन निर्देशिका, प्रदेश प्रहरीसम्बन्धी कानुनी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणा,स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन (पहिलो संशोधन) कार्तिक १ गतेदेखि लागु गर्न स्वीकृत गरेको छ ।

सोही मन्त्रालयबाटै पेश भएको गाउँसभा तथा नगर सभाको कानुन निर्माण प्रकृया सम्बन्धी ऐन पनि कार्तिक १ गतेदेखि लागु हुने गरी स्वीकृत गरेको छ । मन्त्रिपरिषद वैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको प्रदेश आकस्मिक कोष, प्रदेश तथ्यांक र सार्वजनिक खरिद सम्बन्धमा कानुनी व्यवस्था गर्न बन्ने विधेयक तर्जुमा सम्बन्धमा तयार अवधारणापत्र स्वीकृत गरेको छ ।

यस्तै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले पेश गरेको प्रदेश वन, प्रदेश खानी अन्वेषण तथा व्यवस्थापन र प्रदेश पर्यटन सम्बन्धमा कानुनी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्र स्वीकृत गरेको छ ।

यस्तै सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रादेशिक खेलकुद विकास र प्रादेशिक युवाहरुको क्षमता विकास सम्बन्धमा कानुनी व्यवस्था गर्न बन्ने विधेयकको अवधारणापत्र स्वीकृत गरेको छ ।

मन्त्रिपरिषदबाट स्वीकृत भएसंगै अब विधेयकको मस्यौदा बनाई तिहारपछि बस्ने प्रदेशसभा वैठकमा पेश गर्ने तयारीमा सरकार रहेको प्रवक्ता चौधरीले बताए । यो संगै अन्य १० वटा ऐनका लागि अवधारणा तयार भइसकेको र अर्को वैठकबाट स्वीकृत गरिने मन्त्री चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment