Comments Add Comment

बुढ्यौली नलाग्दै किन दुख्छ शरीर ?

बुढ्यौलीले च्याप्दै गएपछि हात-खुट्टा गल्न थाल्छ । जोर्नीमा दुख्न थाल्छ । शरीर अररो हुन्छ । भनौं, शरीरको लचिलोपन कम हुन्छ र मांशपेसी, हड्डी, जोर्नीमा दुखाई अनुभव हुन थाल्छ । अझ जाडो महिनामा त खपिनसक्नु हुन्छ । सामान्या दिनचर्यामै असर पुग्छ ।

यी भए बुढ्यौलीको कुरा । तर, युवा उमेरमै यस्तो समस्या भएमा के होला ?

युवाअवस्थामा शरीर दुख्नुका थुप्रै कारण छन् । र, दुखाईका प्रकृति पनि फरक फरक हुन्छन् । शरीर दुख्नुको पछाडि सामान्यदेखि गम्भीरसम्मका हुन्छन् ।

पछिल्लो समय शरिर दुख्ने समस्या भोगका युवाको संख्या पनि ठूलो छ । यी हुन् शरिर दुख्नुका मुख्य कारणहरु ः

रुघा लाग्नेदेखि एनिमियासम्म

– तापाईको शरिर दुखिरहेको छ र रुघाखोकी पनि लागिरहेको छ भने त्यति धेरै आत्तिनु पर्दैन । किनकी रुघाखोकीको कारण पनि शरीर दुख्ने गर्छ ।

– शरीरमामा भिटामिन डीको कमी हुँदा पनि शरिर दुख्ने समस्याले सताउँछ ।

– थाइराइडको कारण पनि दुख्ने गर्छ शरीर ।

डा. दिपक पाण्डे

– तपाई कतिको तनाव हुनुहुन्छ भन्ने कुराले पनि शरिरको दुखाईमा भूमिका खेल्छ । मानिस बढी स्ट्रेसमा छ भने पनि शरिर दुखिरहन्छ ।

– शरीर दुखिरहेको छ भने तपाईलाई बाथको समस्या पनि हुन सक्छ ।

– रगतमा हेमोग्लोविनको कमी भएमा पनि शरीर दुख्ने समस्या हुन जान्छ । यसले एनिमिया नै बनाउने खतरा वढ्ने गर्छ ।

– शरीर दुख्ने अर्को कारण भनेको डिहाइजेशन हो । त्यसैल पाचन प्रक्रियामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।

– सुताईको पोजिशन मिलेन या निद्रा नपुगेमा, पानीको मात्रा कम भएमा शरीर दुख्ने समस्याबाट ग्रसित हुन सकिन्छ ।
– स्वास्थ्यमा भएका विभिन्न संक्रमणको कारणल पनि शरीर दुख्ने गर्छ ।

जटिलता

शरीर दुखेको छ भने शरिरका अन्य लक्षणहरुलाई ध्यान दिन जरुरी हुन्छ । शरीरमा कुनै संक्रमण या रुघा-खोकीको समस्या छैन भने थाइराइड, भिटामिन सी, बाथ, रगतको मात्रा लगायतका जाँच गर्नुपर्छ । यसलाई हेलक्राई गरेको अवस्थामा शरीरका अन्य अंगलाई असर पुर्‍याउन जान्छ ।

– बाधको समस्या छ र समयमै त्यसको उपचार नगरेको अवस्थामा मुटुमा समस्यापर्न जान्छ ।

– यदि युरिक एसिडको समस्याले हो भने मिर्गौलालाई क्षति पुर्‍याउँदै जान्छ । यस्तो समस्या बढेर मिर्गौला फेलको अवस्थामा पुग्छ ।

– थाइराइड ग्रन्थीमा असर परेको छ भने यसले शरिरको सम्पूर्ण मेटोबोलिज्मलाई असन्तुलित गराइदिन्छ । त्यसैले, यो आफैमा त्यति ठूलो समस्या भएता पनि सामान्य रुपमा भने लिनु हुँदैन । दिर्घकालिन रुपमा यसले स्वास्थ्यमा निकै ठूलो असर पुर्‍याउँछ ।
पानी कम छ भने त्यसले पनि मिर्गौलामा असर गर्न सक्छ । यसले चाही धेरै समस्या निम्त्याउन सक्छ । एनिमिया भयो । अल्सर हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment