Comments Add Comment

पाँच तारे होटलको मेनुमा निउरोको परिकार

निउरो, धेरैजसो जंगलमा छ्यापछ्याप्ती पाइन्छ । यसलाई हामी तरकारीको रुपमा प्रयोग गर्छौं, अचारको रुपमा । तिख्खर स्वादको निउरो थरीथरीका हुन्छन् । स्वादमा पनि विविधता ।

बजारमा पाइने तरकारी विषालु बन्दै गएको अवस्थामा निउरो त्यस्तो विकल्प हो, जसमा कुनै विषालु तत्व पाइदैन । किनभने यो जंगलमा पाइन्छ, जसलाई किटनाषक औषधी वा कुनै कृतिम मलखाँद प्रयोग गरिरहनु पदैन ।

तरकारी र अचारको रुपमा प्रयोग गरिने निउरो एसियाली देशमा निकै लोकप्रिय छ । तर, सबै प्रकारका निउरो खान मिल्ने खालका भने हुँदैनन् । निउरो प्राय जंगली क्षेत्रमा पाइन्छ ।

निउरोका परिकार

– निउरोको पिज्जा

– निउरोको पास्ता

– निउरोको छोइला

– निउरोको सलाद

– निउरो सादेको

पाँच तारे होटेलको मेनुमा

आर.बी.बुढाथोकी

पछिल्लो यसको प्रयोगमा कमी आउन थाले पनि फाइभ स्टार होटलले भने आफ्नो मेनुमा राख्न थालेका छन् । खासगरि बिदेशी पर्यटकलाई नेपाली स्वाद चखाउने उद्देश्यका साथ यस्तो मेनु राख्न थालिएको हो ।

नेपाली निउरो अहिले बिदेशी पर्यटकको जिव्रोमा झुण्डिन थालेको छ । बिदेशीलाई नेपाली स्वाद चखाउने हेतुले निउरो र अन्य नेपाली खानाहरुमा फापरको रोटी र सिलमको अचार, छोइला, बारा, सिस्ननोको सुप, गेडागूडीको झोल (क्वटी), कोदोको रोटी, गोठ धुपको खिरजस्ता परीकारलाई पनि मेनुमा राख्न थालिएको छ । निउरोका दर्जनौ परीकार तयार पार्न मिल्ने भएकाले समयअनुसार यसका परिमार्जिन परीकार पनि थपिदै गएका छन ।

वन जंगल, खोलाको किनार, अल्लो तथा जुका लाग्ने ठाँउमा निउरो हुने भएकाले जोखिम मोलेरै भए पनि निउरो निकाली बजारअसम्म पुर्‍याउने काम गरिन्छ ।

कहाँ पाइन्छ ?

बीउ रोप्न नपर्ने तथा मिहिनेत नलाग्ने यो वनस्पती प्राय खोला किनारमा पाइने गर्छ । सडक सञ्जालसँग जोडिएका कैलाली, डोटी, डडेल्धुरा, बैतडी तथा बझाङका बजार तथा ग्रामीण क्षेत्रबाट निउरो प्रदेश नं ७ का तराईका जिल्ला कैलाली कञ्चनपुरलगायत भारतसम्म पुग्ने गरेको छ ।

यो तराईको ओसिलो ठाउँ र पहाडि भोगमा पाइन्छ । काठमन्डौ र अन्य शहरमा पनि यसको खपत हुने गरेको छ ।

कति स्वस्थकर ?

– स्वस्थ्यका लागि पनि निउरो निकै राम्रो मानिन्छ । यसबाट भिटामिन ए, बि र सिको मात्र पर्याप्त मात्रामा पाइन्छ ।

– निउरोमा आइरनको मात्रा पनि हुन्छ । त्यसैले, आँखाको दृष्टि कमजोर भएकाहरुले पनि नियमित सेवन गर्दा लाभदायक हुन्छ ।

– मुटु र मधुमेह रागीहरुका लागिसमेत निउरो निकै उत्तम आहर मानिन्छ ।

– समयमा भोक नलाग्ने समस्या छ भने पनि नियमित निउरोको
सेवन गर्दा हुन्छ । किनकी यसले भोग जगाउने काम गर्छ ।

– निउरोबाट प्रशस्त मात्रामा क्याल्सिएम पाइने भएकाले यसले हाड र दाँतलाई पनि मजबुत बनाउन सहयोग पुर्‍याउँछ ।

– गर्भावस्थामा भने निउरो त्यति उपयुक्त मानिदैन ।

लेखक सोल्टी क्राउन प्लाजा होटेलका मल्टी कुजिन सेफ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment