Comments Add Comment

अमेरिकामा दशकयताकै ठूलो सवारी दुर्घटना, न्यूयोर्कमा २० को मृत्यु

२२ असोज, काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यमा गाडी दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।

न्यूयोर्कको स्टेट रुट ३० बाट दक्षिण पश्चिमतर्फ गइरहेको उक्त लिमोजिनमा जन्मदिनका पार्टी मनाउन गएका जोडीहरु सवार थिए ।

स्थानीय समयअनुसार शनिबार अपरान्ह २ बजेतिर दुई राजमार्गहरु काटिने जक्सनमा रोकिन नसकेपछि लिमोजिन अनियन्त्रित भएर रोकिराखेको अर्को कारलाई ठक्कर दिँदै सडकबाट तल झरेको थियो ।

दुर्घटनामा चालकसहित लिमोजिनमा सवार सबै १८ जना यात्रु र दुई पैदलयात्री गरी २० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सन् २००१ मा बनेको उक्त विलासी फोर्ड एक्सकर्सन लिमोजिनमा रहेका यात्रुहरुले सिटबेल्ट नबाँधेका कारण धेरै मानवीय क्षति भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

दुर्घटनाको बारेमा अमेरिकाको नेशनल ट्रान्सपोर्टेसन् सेक्युरिटी बोर्डले छानबिन गरिरहेको जनाएको छ ।

यो दुर्घटनालाई अमेरिकी यातायातको क्षेत्रमा दशककै ठूलो दुर्घटना भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।

यसअघि सन् २००९ फेब्रुअरीमा बफेलो शहरमा भएको विमान दुर्घटनामा ५० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment