Comments Add Comment

कसरी अपनाउने स्वस्थ जीवनशैली ?

सबैको चाहना हुन्छ, स्वस्थ्य रहने । तन्दुरुस्त रहने । निरोगी रहने । खुसी रहने । यसका लागि के गर्ने ?

जवाफ हो, स्वस्थ्य जीवनशैली अपनाउने । यसमा खानपान, सुत्ने-उठ्ने तालिकादेखि सोच्ने शैलीसम्म पर्छ ।

स्वस्थ जीवनशैली अपनाउनु भनेको कहिलेकाही व्यायाम गर्नु वा फलफुल खानु मात्र हैन । किनकी स्वस्थ जीवनशैली अपनाउनका लागि नियमित रुपमा ताजा खानेकुुरा सेवन गर्नुका साथै नियमित व्यायामका साथमा सरसफाईमा विशेष ध्यान दिन जरुरी छ ।

त्यतिमात्र हैन, अनिद्रा, तनाव तथा आवश्यकता भन्दा बढी खाना खानबाट समेत बच्न जरुरी छ ।

स्वस्थ्यवर्द्धक खानेकुराको छनोट

-स्वस्थवर्दक खानेकुरामा फ्याटको मात्रा कम हुने गर्छ । अन्यथा, हानीकारक फ्याटले शरीरमा विभिन्न किसिमको समस्या निम्त्याउने गर्छ । हानीकारक फ्याटमा  ट्रान्स फ्याट र स्याचुरेटेड फ्याट दुवै पर्दछ ।  यस्ता फ्याटको सेवनले शरीर खराब कोलेस्ट्रोलको मात्रा बढेर मुटु सम्बन्धि रोगको समस्या निम्त्याउने गर्छ । ट्रान्स फ्याटमा बेक फुड, फ्राइड फुड लगायत प्रोसेस्ड फुड पर्दछ ।

जबकी चिज्जा, चीज, रेड मिट लगायतका डेरी प्रोडक्ट स्याचुरेटेड फ्याटमा पर्दछ । हुन त कोकोनट अयाल पनि स्याचुरेटेड फ्यामै पर्दछ  । तर यसले राम्रो कोलेस्ट्रोलको मात्रा पनि बढ्ने हुदाँ यसले शरीरलाई खासै हानी गर्दैैन ।

-पोली अनस्याचुरेटेड, मोनो अनस्याचुरेटेड  तथा ओमेगा ३ फ्याट स्वस्थ जीवनशैलीको लागि उचित विकल्प हो ।यसले खराब कोलेस्ट्रोलको मात्रालाई कम गरेर राम्रो कोलेस्ट्रोलको मात्रा बढाउने गर्छ । र मुटु सम्बन्धि समस्या हुने सम्भावना कम हुने गर्छ । ओलिभ आयल, केनोला, सोया , पिनट हेल्दी फ्याट अन्तर्गत पर्दछ । त्यस्तै, माछामा पनि ओमगा ३ फ्याटी एसिड पर्दछ ।

-मिठाई, सफ्ट ड्रिंक, गुलियो फलफुलको रस तथा मैदाबाट बनेको ब्रेड लगायत चिनी तथा रिफाइण्ड कार्बोहाइड्रेट्सयुक्त खानेकुराकेा सेवन कम गर्नु पर्छ । यसको सट्टा फलफुल ताजा जुस तथा शोल ग्रेनको सेवन लाभदायक मानिन्छ ।

-अर्गानिक फुडमा पोषण तत्व कम हुने गर्छ । तथापी, किटानशक औषधीको प्रयोग कम हुने गर्छ ।  त्यसैले पनि खानेकुराको छनोट गर्दा अर्गानिक फुडलाई प्राथमिकतामा राख्नु पर्दछ ।

-होल फुडमा कार्वोहाइड्रेट्स, प्रोटिन, फ्याट तथा अन्य पदार्थको समन्वय सही तरीकाले हुन्छ । त्यसैले पनि शरीरलाई स्वस्थ्य राख्नका लागि प्रोसेस्ड फुड खानुको सट्टा विभिन्न प्रकारको होल फुड स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

 व्यायाम गर्ने

-व्यायाममा स्टे्रचिङ्ग प्रमुख मानिन्छ । स्टे्रचिङ्ग गर्नाले मांसपेशीमा गर्माहट पैदा हुनुका साथै शरीरले आराम महसुस गर्दछ । स्ट्रेच पनि विभिन्न थरीको हुन्छ । जसमा काफ स्ट्रेच, हेमस्टि्रंस, ˆलेक्सोर स्ट्रच, तथा काधको स्ट्रेच प्रमुख हुन् ।

-व्यायामका लागि सातामा कम्तीमा पनि तीन देखि पाँच पटक जिम जानु स्वास्थका लागि लाभदायक मानिन्छ । व्यायाममा कार्डियो तथा स्ट्रेन्थ टे्रनिङ्ग राम्रो मानिन्छ । विशेषज्ञहरु  हप्तामा कम्तीमा १५० मिनेटको मध्यम स्तरको एरोविक गतिविधि गर्न सुझाव दिने गर्छन् ।

-शरीरलाई स्वस्थ राख्न दिनमा करिब आधा घण्टाको जगिङ्ग  गर्नु लाभदायक मानिन्छ । घरकै वरिपरि मध्यम गतिमा हिड्र पनि जगिङ्ग गर्न सकिन्छ ।

-व्यायाम गर्नकै लागि जिम नै जानुपर्छ भन्ने छैन । गार्डनिङ्ग गरेर तथा घरको सरसफाई गरेर पनि शरीरको एक्सरसाइज गर्न सकिन्छ । त्यसबाहेक, लिˆटको सट्टा सिंढी उक्लेर,  घर वरिपरि टहलेर तथा ससाना सामान किन्न हिडेर पनि शरीरको एक्सरसाइज गर्न सकिन्छ ।

-कतै जानु परेमा गाडीको सट्टा साइकलको प्रयोग गरेर वा हिडेरै पनि शरीरको व्यायाम गर्न सकिन्छ ।

स्वस्थ जीवनशैली अपनाउने

-शरीरलाई स्वस्थ राख्न फिट रहन आवश्यक छ । र, शरीरलाई फिट राख्न सन्तुलित आहार जरुरी छ ।

-फेक डाइटबाट टाढा रहने । उदाहरणको लागि यदी कसैले छिटो वजन कम गर्ने उपाय सहित औषधी सेवन गर्न भन्छन् भने भुलेर पनि त्यस्तो औषधी सेवन नगर्ने । विना परिश्रम वजन कम गर्ने औषधीहरुको कहिल्यै प्रयोग नगर्ने । खानयोग्य खानेकुरा भन्दा सन्तुलित आहारलाई बढी प्राथमिकता दिने ।

-मध्यम स्तरको व्यायाम गर्ने । किनकी छिटो छिटो वा लामो समयसम्म एकै किसिमको व्यायाम गर्दा चोटपटक लाग्ने सम्भावना उच्च हुने गर्छ । यसबाट बच्नका लागि वर्कआउटको बीचमा केही समय विश्राम लिनु पर्छ ।

-तौल बढी हुनु वा कम हुन शरीरका लागि घातक हुनसक्छ । त्यसैले, डाइटिसियनको सुझाव आफ्नो आहार तालिका (डाइट प्लान) तयार पारी उमेर तथा शरीरको आधारमा सही तौल कायम गर्नुपर्छ ।

-धुमपानले मुटु, कलेजो तथा फोक्सोमा गम्भीर समस्या निम्त्याउनका साथै विभिन्न किसिमका क्यान्सर हुने गर्छ । त्यस्तै, मदिरापानले कलेजो विग्रनुका साथै, मुटु रोग तथा क्यान्सरको समस्या निम्त्याउन सक्छ ।

-विभिन्न अनुसन्धानहरुले जनाए अनुसार अनिद्रा तथा पर्याप्त निद्राको कमीका कारण मानिसमा मोटोपनाको समस्या बढ्ने गर्दछ । एउटा वयष्कलाई कम्तीमा पनि सात देखि आठ घण्टा निद्राको आवश्यकता पर्छ । जबकी बालबालिका तथा युवावस्थाका मानिसलाई त्यो भन्दा बढी निद्राको जरुरत पर्न सक्छ । साना बालबालिकालाई दिनमा कम्तीमा १० देखि १४ घण्टा निद्रा आवश्यक पर्छ भने स्कुल जाने उमेरका बालबालिकालाई कम्तीमा पनि ९ देखि ११ घण्टाको निद्राको आवश्यकता हुन्छ ।

-घामको विकिरणका कारण छालाको क्यान्सर  लगायतका विभिन्न समस्या निम्तने गर्छ । त्यसैले, हरेक पटक घाममा हिड्दा पूरा बाउला भएको कपडा लगाउनुका साथै कम एस पीएफ युक्त स्पेक्ट्रम सन्सक्रिमको प्रयोग गर्नु पर्दछ । र, यस्ता सन्सक्रिम घाममा मात्र नभएर बादल लागेको समयमा पनि लगाउनु पर्दछ । यसले सुर्यको विकिरणबाट छालालाई सुरक्षा प्रदान  गर्छ ।

शरीरको सरसफाईमा विशेष ध्यान दिने

शरीरलाई स्वस्थ राख्न सरसफाईमा विशेष ध्यान दिन जरुरी छ । शरीर जति सफा रह्यो, रोग लाग्ने सम्भावना पनि उत्तिकै कम हुने गर्छ ।

-शरीरलाई सफा राख्न पनि प्रत्येक दिन नुहाउन जरुरी छ । नुहाउनाले शरीरको दुर्गन्ध कम हुनुका साथै एक्ने लगायत समस्या कम हुने गर्छ ।

-शरीरको सरसफाईमा मुखको सरसफाईले पनि  नियमित रुपमा ब्रश गर्ने तथा मुख फ्लस गर्नाले मुखको दुर्गन्ध काम हुनुका साथै गिजा सम्बन्धि समस्या समेत कम हुने गर्छ ।

-खुट्टाको दुर्गन्धबाट बच्नका लागि खुट्टाको औलाको बीच भागमा सरसफाई गर्न जरुरी छ ।

-शरीरलाई सफा राख्नका लागि प्रत्येदिन मोजाका साथै भित्री वस्त्र बदल्न जरुरी छ ।

-खाना खानु अघि, प्रत्येक पटक बाथरुम गएर पश्चात्र तथा खाना बनाउनु अघि र पछि राम्ररी साबुन पानीले हात धुनु पर्छ । हात धुदाँ तातो पानीको प्रयोग गर्नु पर्दछ । साथै, साबुन पानीले हात धुदाँ करिब २० सेकेण्डसम्म हातलाई माड्नु पर्दछ  ।

सल्लाह

-प्रशस्त मात्रामा पानीको सेवन गर्ने

-नियमित रुपमा व्यायाम गर्ने । नियमित रुपमा गरिने व्यायामले शरीरलाई भित्रैदेखि मजबुत बनाउनुका साथै मुटु सम्बन्धि रोग , क्यान्सर, मधुमेह तथा मोटोपना लगायतका रोग लाग्नबाट बचाउँछ । त्यतिमात्र हैन, यसले मस्तिष्कलाई स्वस्थ राखी तनाव , डिप्रेसन लगायतका मानसिक समस्या हुनबाट समेत जोगाउँछ ।

-स्वस्थ रहन खुशी हुन पनि उत्तिकै जरुरी छ । र, खुशी हुनका लागि साथीभाईसित कुरा गर्ने , रमाईलो  ठाउँ घुम्ने, सकारात्मक सोच्ने लगायतका गतिविधि  गर्न जरुरी छ ।

-मल्टीभिटामिनको सेवन गर्ने ।

ध्यान दिनु पर्ने कुरा

खाना तथा प्यायाम समय बदल्नु भन्दा पहिले चिकित्सकको परामर्श जरुरी छ ।

स्वस्थ्य रहन कुन कुन कुराको आवश्यकता पर्छ

-फलफुल, सागसब्जी, लिन प्रोटिन, होल ग्रेन, लो फ्याट डेरी लगायतका पौष्टिक आहार

-हल्का व्यायाम

-पर्याप्त निद्रा

-तौल जाँच्ने मानिस

-टुथब्रस तथा टुथपेष्ट

-डेन्टल  फ्लस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment