Comments Add Comment

डोल्पापछि काठमाडौं ७ मा वामदेवका आँखा, रामवीर भन्छन्– पार्टीले आवश्यकता देखे छाड्छु

२३ असोज, काठमाडौं । राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए अधिकांशको प्राथमिकतामा नेकपा सचिवालय र कांग्रेस कार्यसमिति बैठक परेको छ । पत्रपत्रिकाहरुले बैठकमा भएका छलफलका विषयलाई विभिन्न शीर्षक दिएर लेखेका छन् ।

त्यसैगरी, अख्तियारले अलपत्र योजनाको विवरण मागेको, डोल्पापछि नेकपाका नेता वामदेवले काठमाडौं ७ मा आँखा लगाएको, प्रतिष्पर्धाबिनै निगमले जहाज भाडामा लगाएको, प्रधानमन्त्रीकै सल्लाहकार अनधिकृत विवरण संकलनमा लागेकोलगायत खबरले पनि आजका पत्रपत्रिकाहरुमा उत्तिकै स्थान पाएका छन् ।

कान्तिपुर लेख्छ– नेकपाका नेता वामदेव गौतमलाई सांसद् बनाउनका लागि डोल्पा लैजाने प्रयास असफल भएपछि अब काठमाडौं क्षेत्र नम्बर ७ खाली गराउने विकल्पबारे पार्टीमा छलफल शुरु भएको छ ।
समाचार अनुसार नेकपाको सोमबारको सचिवालय बैठकमा वामदेवका लागि काठमाडौं ७ खाली गराउने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओलीले वामदेवका लागि काठमाडौं ७ का सांसद् रामवीर मानन्धर उक्त क्षेत्र छाड्न सकारात्मक रहेको जानकारी गराएका थिए ।

एक नेताको हवाला दिँदै कान्तिपुर अगाडि लेख्छ– पार्टीले आवश्यकता देख्छ भने आफू पद छाड्न तयार रहेको भनी मानन्धरले आफूलाई बुझाएको पत्र अध्यक्ष ओलीले बैठकमै पेश गरेका थिए । वामदेवलाई काठमाडौं ७ मा उठाउनेबारे छलफल भइरहेका बेला मानन्धरले भने पार्टीले आवश्यकता देखे आफू मान्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।

लालबकैया नदी डुंगा दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई पप्पु कन्स्ट्रक्सनले सुटुक्क पैसा दिएकोलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा छापेको छ । समाचार अनुसार स्थानीय प्रशासनलाई समेत जानकारी नदिई मृतक ५ जनाको परिवारलाई जनही ३ लाख ५ हजारका दरले रकम दिइएको छ ।

‘एजेन्डामा नेपाल समूहको असहमतिपत्र’ शीर्षक दिएर नेकपा सचिवालय बैठकबारे मुख्य समाचार लेखेको नयाँ पत्रिकाले अलपत्र आयोजनाको विवरण अख्तियारले मागेको जनाएको छ । यसअघि अख्तियारले पप्पु कन्स्ट्रक्सनका मालिक तथा सांसद् हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

नागरिकले प्रधानमन्त्रीका सल्लाहकार अनधिकृत विवरण संकलनमा लागेको लेखेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आईटी) विज्ञ असगर अलीले पदको दुरुपयोग गर्दे व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि सरकारका विभिन्न निकायमा रहेका सूचना अनधिकृत रुपमा संकलन गरिरहेका छन् ।

नागरिकका अनुसार अलीले सर्वसाधारण नागरिकका संवेदनशील र गोप्य विवरणसमेत उपलब्ध गराउन विभिन्न सरकारी निकायलाई पटकपटक दबावसमेत दिइरहेको फेला परेको छ ।

अन्नपूर्णमा प्रधानमन्त्रीले सबैबाट असहयोग भएको गुनासो गरेको , बोक्सी आरोपमा महिलामाथि दुव्र्यवहार भएकोलगायत खबर छन् ।

राजधानीले उपत्यकाका ३ प्रहरी वृत्त प्रमुख फेरिएको लेखेको छ भने गोरखापत्रले राष्ट्रपति कार्यालयको नयाँ भवन बन्नेलाई एंकर बनाएको छ ।

हेर्नुहाेस् अाजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment