+
+
Shares

गर्लफ्रेण्डसँग बिहे गर्दै कपिल, अब सुध्रेलान् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते ११:२३

भारतीय कमेडियन कपिल शर्माले आफ्नी प्रेमिका गिन्नी चतरथसँग बिहे गर्ने भएका छन् । उनीहरुको बिहे डिसेम्बरमा पञ्जाबको अमृतसरमा हुनेछ ।

कपिल र गिन्नी क्याम्पस पढ्दादेखि नै प्रेममा परेका थिए । केही महिना अगाडिमात्रै कपिलले सामाजिक सञ्जालमा आफ्नी प्रेमिका सार्वजनिक गरेका थिए ।

लामो समयदेखि कपिलका नकारात्मक समाचार मात्र सुन्दै आएका फ्यानलाई बिहेको खबरले सान्त्वना मिल्न सक्छ । रक्सीको कुलत छोड्न नसकेका र डिप्रेसनबाट ग्रस्त भएका कपिल बिहेपछि सुधि्रने धेरैले आशा लिएका छन् । उनी चाँडै नै आफ्नो कमेडी प्रोग्राम ‘द कपिल शर्मा शो’ बाट टेलिभिजनमा पुनरागमन गर्ने तयारीमा छन् ।

अमृतसरमा बिहे गरेर आफ्ना साथीभाईका लागि मुम्बईमा ग्रान्ड रिसेप्सन आयोजना गर्ने कपिलको तयारी छ । त्यसमा उनले आफ्ना पूर्व सहकर्मी सुुनील ग्रोबरलाई बोलाउँछन् कि बोलाउँदैनन् भन्ने चासोका साथ हेरिने छ । सुनिलसँग उनको हवाई जहाजभित्र झगडा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?