Comments Add Comment

कंगनाको हमलापछि ब्याकफुटमा आइन् सोनम

बलिउड अभिनेत्री कंगना रनावतसँग निहुँ खोज्नु भनेको आगोसँग खेल्नु जस्तै हो । उनी कसैलाई बाँकी राख्दिनन् । कंगनाको विरुद्धमा बयान दिएकी नायिका सोनम कपुरले अन्ततः पछि हट्नु परेको छ । निर्देशक विकास बहलले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप कंगनाले लगाइरहँदा सोनमले भनेकी थिइन्, ‘उनको सबै कुरा पत्याउनु ठिक हुन्न ।’ तर, यो बयान उनलाई भारी भएको छ ।

सोनमको यस्तो प्रतिक्रिया आए लगत्तै कंगना उनीविरुद्ध विष्फोट भइन् । उनले बाबुको नाम भजाएर बलिउडमा काम गरेको भन्दै सोनमको उछितो काढिन् ।

‘सोनम को हुन् मेरो मूल्यांकन गर्ने ? के खुबी छ आखिर उनमा ?’ कंगनाले भनेकी थिइन् । यसपछि सोनमबाट पनि अर्को कडा जवाफ आउन सक्ने अनुमान गरिएको थियो । तर उनी ‘कुल डाउन’ भएकी छन् । उनले आफ्नो भनाईलाई सञ्चारमाध्यमले बंग्याएको दावी गरेकी छन् ।

‘मैले त्यस्तो बोलेकी थिइनँ जस्तो मिडियामा आयो,’ सोनमले भनेकी छन्, ‘महिलामाथि हुने दुर्व्यवहार गम्भीर मुद्दा हो र म सँधै पिडितको पक्षमा रहँदै आएकी छु ।’

साथै उनले आफ्नो परिवारप्रति आफूलाई गर्व रहेको समेत बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment