+
+
Shares

ज्यान यो परदेशी रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १७:१७
गायक तथा संगीतकार विशाल निरौलाले नयाँ गीत रिलीज गरेका छन् । ‘ज्यान यो परदेशी’ बोलको गीतले विदेशमा सेनामा भर्ती हुने नेपालीहरुको कथा व्यक्त गरेको छ । घर छोड्ने मन नहुँदा-नहुँदै परदेशीनु पर्दाको बाध्यता, चाड-पर्वमा आफन्तसँग नहुँदाका पीडा गीतले पोख्छ ।
गीतमा विशाल निरौलाको शब्द, संगीत तथा स्वर रहेको छ । गीतको भिडियोलाई प्रशान्त पौडेलले निर्देशन गरेका छन् । बिमल अधिकारी, ओबी रायमाझी। रश्मी भट्ट, मधु आचार्य, बिशाल निरौला, जुना गुरुंग र बेबो आचार्यको अभिनय रहेको छ । छायाँकार दुर्गा पौडेल हुन् भने सम्पादक बिष्णु शर्मा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?