Comments Add Comment

अर्को बर्षको दशैंका लागि अहिलेदेखि नै डेट बुक

नेपाली चलचित्रका मेकरहरु पहिले चलचित्र कस्तो बनाउने भन्दा पनि रिलिज डेट पक्का गर्न हतारिन्छन् । सो मितिमा चलचित्र रिलिज हुन्छ या हुँदैन, पक्का नभएपनि डेट तोकेर बस्न भने उनीहरुलाई हतार नै हुन्छ । यो बर्षको दशैं आजबाट सुरु भएको छ । तर, केही मेकरहरुले भने अर्को बर्षको दशैंमा मेरो चलचित्र रिलिज हुन्छ है भन्न थालिसके ।

अर्को बर्षको दशैंमा रिलिज हुने भनिएको चलचित्र हो, ‘आई एम ट्वान्टी वान’ । यो चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गर्दैछिन् भने धिरज मगर मुख्य भूमिकामा रहनेछन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ सफल भएको भन्दै रेनशाले यो चलचित्रको प्रदर्शन मिति नै तय गरिसकेकी छिन् ।

यस्तै, फागूणको १३ गतेबाट छायांकनमा जान लागेको चलचित्र ‘बकम्फूसे राजा’को निर्माताले पनि अर्को बर्षको दशैंलाई रिलिज डेट पक्का गरेका छन् । प्रकाश सुवेदीको निर्देशनमा तयार हुन लागेको कमेडी कथाको यो चलचित्रमा दयाहाङ राई, बर्षा राउत लगायतका कलाकार फाइनल भएका छन् । निर्देशक सुवेदीले अर्को बर्षको फूलपातिमा चलचित्र रिलिज हुने घोषणा गरिसकेका छन् ।

यी बाहेक अन्य केही चलचित्र पनि दशैंमा आउने पक्का जस्तै छ । चलचित्रको छायांकन सुरु नुहँदै, रिलिज हुने मिति फाइनल, कस्तो अचम्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment