Comments Add Comment

‘छक्का पन्जा ३’को आक्रामक सुरुवात, कमेडीसँगै बिषयवस्तुले जित्यो मन

दशैंको पहिलो दिन अर्थात घटस्थापनाको अवसर पारेर चलचित्र ‘छक्का पन्जा ३’ रिलिज भएको छ । आजबाट देशभरका सबैजसो पर्दामा रिलिज भएको यो चलचित्रले बिहानैबाट आक्रामक सुरुवात गरेको छ । काठमाण्डौ लगायत देशभरका अधिकांश मल्टिप्लेक्स हलमा दर्शकको उच्च चाप छ । अधिकांश हलमा बुकिङ तिब्र गतीमा भएकाले पनि दर्शकको भीड देखिएको हो । सबैजसो मल्टिप्लेक्सले यो चलचित्रलाई उच्च शो दिएका थिए ।

काठमाण्डौका सिंगल हलमा पनि चलचित्रले राम्रो सुरुवात गरेको छ । आज घटस्थापना भएपनि सार्वजनिक बिदा भने छैन । तर, पनि दर्शकको चलचित्रप्रतिको मोह भने गज्जबको देखिएको छ ।

काठमाण्डौको गोपिकृष्ण हलमा बिहानैबाट दर्शकको चाप देखियो । बिहानी शोमा गोपिकृष्णका ४ वटा पर्दा हाउसफूल थिए । काठमाण्डौ बाहिर पनि चलचित्रले आक्रामक सुरुवात गरेको छ । चितवनको क्यूएफएक्स जलमाले १० शो दिएकोमा, ७ शो सोल्ड आउट भैसकेका छन् ।

बिहान ८ बजेको शोमा पनि दर्शकको चाप उच्च देखिएपछि निर्देशक दिपाश्री निरौलाले आफूहरु सफल भएको बताइन् । निर्माता तथा कलाकार दीपकराज गिरीले भने-‘यसपटक हामीले ५० प्रतिशत बिषय र ५० प्रतिशत कमेडीमा ध्यान दिएका थियौ । दर्शकले त्यसलाई मन पराइदिनु भएको छ ।’

बलियो बिषयवस्तु
अघिल्ला दुई चलचित्रमा बिषयवस्तु भन्दा कमेडीलाई ध्यान दिएको यसको निर्माणपक्षले यसपटक भने बिषयवस्तुमा जोड दिएको छ । यसपटक सरकारी विद्यालयमा हुने राजनीति र त्यसले निम्त्याएको परिणामलाई उठान गरिएको छ ।

सरकारी विद्यालयमा हुने राजनीतिले विद्यार्थीको भविष्यलाई कसरी खेलवाड गरिरहेको छ भन्ने कथालाई चलचित्रले उठान गरेको छ । चलचित्र हेर्ने सबैले यसपटक बिषयवस्तु बलियो रहेको प्रतिक्रिया दिएका छन् । निर्देशक दिपाश्री निरौलाले भने यसपटक सबैले देखेर पनि बोल्न नसकेको बिषयलाई पर्दामा उठान गरेको प्रतिक्रिया दिइन् ।

दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रमा नायिकाद्धय प्रियंका कार्की र स्वस्तिमा खड्काको साथमा नायक संजोग कोइरालाको बिशेष भूमिकिा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment