Comments Add Comment

वालिङमा यामाहाको नयाँ शोरुम

२४ असोज, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बुधबारबाट स्याङ्जाको वालिङमा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले ओशो ट्रेड्स प्रालिमार्फत यस क्षेत्रका ग्राहकलाई ‘थ्रि एस’ -सेल्स, सर्भिस र स्पेयर पार्टस्)को सुविधा सुरु गरेको हो । स्याङ्जा र आसपासको क्षेत्रमा बढ्दै गएको यामाहा मोटरसाइकल र स्कुटरप्रतिको क्रेजलाई दृष्टिगत् गरी नयाँ डिलरसिप सुरु गरिएको हो ।

नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा स्याङ्जा नगरपालिकाका उपमेयर कल्पना तिवारीले गरिन् । ओशो ट्रेड्सबाट ग्राहकले विश्वस्तरीय प्रविधिजडित यामाहाका लोकपि्रय मोटरसाइकल र स्कुटरहरुको ‘थि्र एस’ सहित एक्सचेन्ज र फाइनेन्सको पनि सुविधा पाउननुहुनेछ ।

पर्फमेन्स र स्टाइलका कारण युवामाझ निकै लोकप्रिय बन्दै गएको मोटरसाइकल ब्रान्डको सोरुम सुरु गर्नु गौरवको कुरा भएको ओशो ट्रेड्सका प्रबन्ध निर्देशक रामजी पौडेलले बताए ।

उनले यामाहा ब्रान्डका दुईपाँग्रे खरिद तथा सर्भिस गर्न टाढा धाइरहनुनपर्ने बताए । ‘यहाँबाट हाई-टेक वर्कसप, तालिमप्राप्त र दक्ष टेक्निसियन रहनेछन् जसले मोटरसाइकलको गुणस्तरीय सर्भिसिङ गर्नेछन्,’ उनले भने ।

यामाहाले नेपाली बजारमा विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी चार मोडेल छन् भने मोटरसाइकलमा आर३, एफजी२५, फेजर२५, आर१५, एफजेड-एस एफआई, एसजीआरआर र सलुटो उपलब्ध छन् । यामाहाले भर्खरै मात्र एफजीएस एफआई डबल डिस्क पनि बजारमा ल्याएको छ । साथै, फेजर प्लेटर्फमको फेजर२५ले पनि राइडरहरुलाई आकषिर्त गरिरहेको छ ।

एमएडब्लुले नाडा अटो सोमार्फत आर१५ भी३, एक्सटिजेड र रे जेडआर स्ट्रिट र्‍याली गरी तीन वटा नयाँ मोडेल सार्वजनिक गरेको थियो ।

यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिन जडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका मोटरसाइकलहरुमा माइलेज बढी पाइन्छ ।

यामाहाले दसैंतिहारको अवसरमा नयाँ ग्राहक योजना ल्याएको छ जसमा यामाहाका मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले कम्तीमा सात हजारदेखि १ लाखसम्म नगद छुट स्क्र्याचमार्फत पाउनुहुनेछ । साथै, हरेक साता एक जना भाग्यशाली ग्राहकले यामाहा आर३ जित्न सक्नुहुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment