Comments Add Comment

इम्याजिन नेपालको अर्को साहसिक यात्रा सुरु हुँदै

२४ असोज, काठमाडौं । मनाङ र लोमान्थाङको सफल साहसिक यात्रापछि इम्याजिन नेपालले अर्को साहसिक यात्रा शुरू गर्दैछ । तीन वर्ष अघि स्थापना भएको इम्याजिन नेपाल साहसिक पर्यटन–केन्द्रित कार्यक्रम आयोजकहरूमध्ये सबैभन्दा ठुलो आयोजक भएको जारी विज्ञप्तिमा उल्लेख छ ।

यस साहसिक यात्राको पथमा समेटिनेछन् बर्दिया राष्ट्रिय निकुञ्ज र नेपालगञ्ज लगायतका आकर्षक गन्तव्यहरू । इम्याजिन नेपालमार्फत् यसै वर्ष महिन्द्रा एडभेन्चर पनि नेपालको बजारमा प्रवेश गरेको छ । यसले नेपालका साहसिक यात्राका पारखीहरूलाई सघाउनेछ ।

महिन्द्राले विगतमा झैँ यस वर्षभरि नै विभिन्न साहसिक क्रियाकलापहरूको आयोजना गर्ने र यसको अग्रपंक्तिमा हुने विज्ञप्तिमा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment