+
+
Shares

माछापुच्छ्रे बैंकका ब्रान्ड एम्ब्यासडर आर्यन गिरी र मिरा राईलाई अर्को सफलता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते २०:०८

२४ असोज, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले हालसालै नियुक्त गरेका ब्रान्ड एम्ब्यासडर आर्यन गिरीले थाइल्याण्डमा आयोजित इम्प्याक्ट सुपर जुनियर सिरिज अन्तर्गतको यू–१४ बोइज सिन्गल्सको उपाधि जित्न सफल भएका छन्।

नेपाल लगायत भारत, जापान, अमेरिका, सिङ्गापुर र थाइल्याण्डबाट भाग लिएका ३२ जनाको समूहबाट गिरीले प्रथम स्थान हासिल गरी उक्त उपाधि जितेका हुन्। यस जितसँगै बालीमा अक्टोबर महिनामै आयोजित हुन लागेको एसियामै उत्कृष्ट मानिने यू १४ टेनिस प्रतियोगिताको लागि थप उर्जा मिलेको गिरीले बैंकलाई बताएका छन्।

आर्यन गिरी १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन्। ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरीले नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन्।

त्यसै गरी बैंकका अर्का प्रतिभावान ब्रान्ड एम्ब्यासडर मिरा राईले पनि अगस्ट महिनामा इटालीमा आयोजित ट्रोफियो किमा–स्काई रनिङ्ग वल्र्ड सिरिजमा तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन्। बैंकले यस वर्ष खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको थियो।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ३३ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १२१ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ। साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?