Comments Add Comment

प्रहरी छिट्टै संघीय ढाँचामा आउन जरुरी छः मुख्यमन्त्री राई

२५असोज, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुलुक संघीय ढाँचामा गइसकेकाले अब नेपाल प्रहरी पनि प्रादेशिक ढाँचामा आउनु पर्नेमा जोड दिएका छन् ।

उनले कानून बनाउने कुरा ढिला भएपनि प्रदेशका जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने कुरामा प्रदेश सरकार माताहातमा प्रादेशिक प्रहरी अपरिहार्य भएकोमा जोड दिए ।

प्रदेश नं १ प्रहरी कार्यालयले ६३ औ प्रहरी दिवसको अवसरमा बिहीबार बिराटनगरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले मुलुक प्रादेशिक संरचनामा अघि बढ्ने क्रममा राजनीतिक संरचना तयार भइसकेका र प्रशासनिक संरचना तयार हुने क्रममा रहेकाले छिटै नेपाल प्रहरीपनि प्रादेशिक संरचनामा जान आवश्य रहेको बताए ।

‘प्रदेश सरकार नागरिक सुरक्षालाई मुख्य प्राथमिकतामा राखी अघि बढेको अबस्था छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यसका लागि नागरिक सुरक्षाको जंगमा उभिएर तीब्र विकास गर्ने योजना सार्थक बनाउनपनि आफनै संरचनामा प्रदेश प्रहरी अटाउन आवश्यछ,सोही अनुसार नेपाल प्रहरी प्रादेशिक ढाँचामा चाडै जान जरुरी छ ।’

कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नेपाली प्रहरीलाई कानुनी हिसाबमा संघीय बनाउने क्रममा प्रदेश सरकार अघि बढिसकेको जानकारी दिए ।

प्रदेश प्रहरीलाई सोत्र साधान सम्पन्न बनाउन मन्त्रालयको कार्ययोजना बनाएर सोही अनुसार काम गर्न मन्त्रालय तयार हरेको उनले जानकारी दिए ।

उनले पछिल्ला समय प्रहरी आचरण विपरीत केही प्रहरीले गरेका कामले समग्र प्रहरी संगठनलाई बदनामी बनाउने काम गरेको भन्दै जनतालाई सेवा प्रदान गर्ने कुरामा आफनो व्यवसायीक कौशलता प्रर्दशन गर्न कुरामा नेपाल प्रहरी चुक्न नहुनेतर्फ सजग गराएका थिए ।

कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट काम गर्ने प्रहरी एव जग्गादाताहरुलाई पुरस्कृत एव सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment